आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखराका असन्तुष्ट कार्यकर्तालाई सम्झाउँदै कांग्रेस सभापति देउवाले भने : गठबन्धन नहुँदा पार्टीको अवस्था कस्तो थियो ?

पोखराका असन्तुष्ट कार्यकर्तालाई सम्झाउँदै कांग्रेस सभापति देउवाले भने : गठबन्धन नहुँदा पार्टीको अवस्था कस्तो थियो ?


  • ढोरपाटन संवाददाता
  • बैशाख २५ २०७९, आइतबार

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार धनराज आचार्यलाई जिताउनु कांग्रेसको कर्तव्य भएको बताएका छन् । उनले गठबन्धनकै कारण नेपाली कांग्रेसको नेतृत्वमा गण्डकी सरकार बनेको प्रसंग झिक्दै गठबन्धनका नेताको विरुद्धमा जाने कार्यकर्तालाई कारवाही गरिने पनि दोहो¥याए ।

पोखरामा एकीकृत समाजवादीका नेता धनराज आचार्य गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकोमा केही कांग्रेसीहरु सन्तुष्ट छैनन् । असन्तुष्टि बुझेका देउवा कार्यकर्ताको चित्त बुझाउनकै लागि पोखरा आएका हुन् । पोखरापछि दाङ र धनगढीको हेलिकोप्टर दौडमा रहेका उनले अगाडि भने,‘गठबन्धन बनेपछि पोखराको अवस्था के छ रु पार्टीको अवस्था के छ यो गठबन्धन भएपछि नेपाली कांग्रेसको मुख्यमन्त्री भएको छ । यस्तै गठबन्धन भएपछि सबै पार्टीले यसमा चाहिने सहभागी भएका छन् ।

कसैले अर्थमन्त्री पाएको छ, कसैले सामान्य, भौतिकमन्त्री पाएको छ । गठबन्धन बन्नुअघि कस्तो अवस्था थियो, कांग्रेसको रु त्यसले नेपाली कांग्रेसको तर्फबाट कुनै शंका गर्नुहुँदैन । ग¥यो भने कारवाही गरिहाल्छ पार्टीले । कांग्रेसले गठबन्धनमा शंका गर्नुहुँदैन । माधव नेपाल र प्रचण्डजीले हामीलाई उदार भएर सहयोग गर्नुभएको छ । सरकारमा ल्याएको छ ।काग्रेसको त कर्तव्य नै हो सहयोग गर्ने । गठबन्धन बचाउनु छ भने धनराज आचार्यलाई जिताउनु छ ,कोपिला रानाभाटलाई जिताउनु छ । त्यसैले गठबन्धन आवश्यक छ ।यो अत्यन्तै राम्रो गठबन्धन भएको छ । यसलाई बचाउनु आवश्यक छ । सबै लागेका छौँ । ५ वटा महागनरमा कांग्रेसले धेरै महानगर पाएको छ । विराटनगर हामीले लिएका छौँ, काठमाडौं हामीलाई दिनु भएको छ । एउटा माधव नेपालले पोखरा लिनुभएको छ । प्रचण्डजीले एउटा भरतपुर लिनुभएको छ । त्यसैले माधव नेपालको पार्टी र प्रचण्डको पार्टीलेभन्दा धेरै मेहनत गरेर यहाँ जित्नु आवश्यक छ । त्यसैले एक भएर यहाँका उम्मेदवारलाई जिताउनु आवश्यक छ । गठबन्धनको सरकार राष्ट्रिय आवश्यकता हो हो,ऐतिहासिक आवश्यकता हो । राष्ट्रिय आवश्यतालाई अझ मजबुद बनाएर लैजानुपर्छ । ’

ओली संघीयता र गणतन्त्र विरोधी

अर्को कुरा , गठबन्धन किन भने ओलीको आतंकित शासन , कस्तो भने, पार्लियामेण्टमा विरोध ग¥यो भने भंग गर्दिहाल्ने । फेरि,पार्लियामेण्ट ल्यायो भने चल्नै नदिने । पार्लियामेण्ट सिस्टम मान्नेवाला नै हैनन् यी, ओली । जो पार्टीले विरोध ग¥यो भने भंग गर्दिइहाल्ने रु पार्लियामेण्टमा विपक्षीले विरोध गर्न पाउँछ नि । हामीले विरोध गरेका थियौँ, विरोध सहन नसकेर संसद भंग गर्दिने रु’
संविधानत : भंग गर्न नमिल्ने भएकाले अदालत गएर हामीले संसद ििफर्ता ग¥यौँ । ओली र ओलीको पार्टी प्रजातन्त्रको पक्षमा हुनुहन्न । उहाँ प्रजातन्त्र,गणतन्त्र र संघीयताको खिलापको व्यक्ति हो । उहाँको अर्कै षड्यन्त्र छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->