प्यारो छोरी रुयासामा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना
छोरी रुयासालाई चिठी पत्रको सवालमा सम्झाउने र बुझाउनको लागि प्रयास सानो मात्रामा रहेको छ । छोरी जस्तै पाठक वर्गका लागि पनि सार्वजनिक हुदैछ । आशा एव विश्वास छ कि सकारात्मक सोचको हावी हुनेछ र नकारात्मक सोच प्रति वितृष्णा जगाउने छ ।
पत्रमा लेखेको विषयवस्तु भावी सन्ततीका लागि ग्रहण योग्य हुनेछ । पत्रलाई पत्र पत्रिकाको पानामा मात्र सीमित नराखी जागृतीपनाको भावना विकास गर्ने कुरामा विश्वस्त हुन सकिन्छ ।
छोरीले व्यवहारमा सधै उदारता,सत्यता,सरलता र मधुरता विकास गर्नुपर्दछ । कटुताको विरोधी हुँदै व्यवहारमा करुणा हुनुपर्दछ । जीवनलाई सुसंस्कृत एवं सभ्य वातावरणमा जिउन पाउने मानिसको आधारभूत आवश्यकतालाई आत्मसात गर्ने सभ्य नागरिकको हैसियतमा पुग्नु पर्दछ । घरको वातावरणमा शान्त, प्रेमल हुनुपर्दछ भन्ने वातावरण सकारात्मक व्यवहारको अपेक्षा गर्न सजिलो हुनुपर्दछ ।
प्रदुषित सोचले आन्तरिक मन,चेतना र जीवनशैलीमै प्रभाव पार्ने भएकोले सकारात्मक वातावरण निर्माणमा जोड दिनुपर्दछ । नकारात्मक सांस्कृतिक वातावरणले व्यक्ति,समाज र राष्ट्र मै अशान्ति उत्पन्न गर्ने भएकोले नकारात्मक सोचलाई तिलाञ्जली दिनुपर्दछ । सुरक्षा,शान्ति,करुणा,सभ्यता जस्ता गुण आन्तरिक र बाहय दुवै प्रकृतिको लागि आवश्यक छन् ।
सुन्दर, न्यायमूलक,समतामूलक,करुणावान्, प्रेमिल संस्कार र जीवनशैली पाएका व्यक्तिसँग सकारात्मक अनुभव हुन्छ । हामीले घरबाटै सुसंस्कृत र सभ्य व्यवहार सिकाउन सक्यौं भने भविष्यमा सभ्य नेतृत्वको निर्माणमा सघाउ पुग्न सक्दछ । व्यक्तिको जीवन विकासमा औपचारिक र अनौपचारिक दुवै थरीको शिक्षाले महत्वर्पुण भुमिका खेलेको हुन्छ । शैक्षिक योग्यता मात्र शिक्षाको मानक होइन ।
हामीसँग बाहिरी जानकारी र सूचना प्रशस्त छन् तर आन्तरिक ज्ञान,समझ र विवेकको सधैं अभाव र अपूर्णता महसुस हुन्छ । जीवन कसरी शान्त,संयम,करुणावान भएर बाँच्न र समाजमा सकारात्मक योगदान दिन सकिन्छ, त्यो ज्ञान शिक्षाको रुपमा विकास भएको हुुनुपर्दछ । नकारात्मक मानसिकता,अस्वस्थ शरीरजस्तै नै हुन्छ । नकारात्मक मनोवृत्ति विकासको बाधक हो । तनाव,क्रोध,लालच,द्वेष सबै नकारात्मक मनोवृत्तिका परिणाम हुन् ।
छोरी रुयासा सत्यको आचरण गर्नु सदाचार हो । सही आचरण,शिष्ट व्यवहार,अनुशासित जीवनशैली नै सदाचार हो । धन,सम्मान,शिक्षा, पदभन्दा ठूलो सम्पत्ति सदाचार हो । आत्मबलको अभाव, आत्मीयताको अभाव,वैरभाव र दृष्ट प्रवृत्ति राजनीति हो भनेर बुझन थालिएको आजको नेपाली परिवेशमा गुणवत्ता विकास गरी सामाजिक हितमा कार्य गर्नको लागि सदाचार,इमान्दारिता, नैतिकतामा रहन सक्नुपर्दछ ।
महिलाको सिटमा पुरुष बसिरहेको हुन्छ । अपांगता,जेष्ठ नागरिकहरुको सिटमा जवान व्यक्ति बसिरहेको हुन्छ । अशक्त,सहाराविहीनलाई सहानुभूति देखाउनुपर्दछ । सरकारको भूमिका र कार्य अनुभूति जन्य हुनका लागि गैरनैतिक चरित्र हटाई कसैलाई पनि भेदभाव नगर्ने, समानताको सिद्धान्त, सेवा प्रवाहमा वैधानिकता,जनताप्रति उत्तरदायी पारदर्शिता, नागरिक सन्तुष्टिलाई ख्याल राखी संरचनाको पिंधमा परेको कमजोर वर्गलाई लाभ दिने खालको क्रियाकलाप हुनु जरुरी छ ।
छोरी रुयासा बाबा आमा आफनो काममा जानुपर्ने र बालबालिकाहरु मोबाइल लगायत विद्युतीय ग्याजेटमा मस्त भुल्छन् । हाम्रो पालामा घरबाहिर बालबालिका खेलेर भुल्ने खालका खेल खेल्थे । तर, आजकल घरमा बालबालिका एक्लै हुने धेरै सम्भावना हुन्छ । घरमै भए पनि बच्चाहरु असुरक्षित हुने भिडियो खेलहरु खेल्ने खतरा हुन्छ ।
आफनो समय तालिका अनुसार घरमै असुरक्षित हुने बातावरणबारे छोरी विज्ञ हुनु पर्दछ । घरभित्रका बालबालिका अपहरणमा पर्ने, हराउने, एसिड आक्रमणमा पर्ने, बलात्कारको शिकार हुने, घरेलु कामदारका रुपमा काम गर्नुपर्ने, दुर्घटनाको सिकार हुने, बेचिने, लागुपदार्थको लतमा फस्ने, सामाजिक सञ्जालका कारण यौन दुव्र्यवहारमा पर्ने जस्ता क्रियाकलापका कारण हाम्रा बालबालिका दिनदिनै असुरक्षित भइरेको अवस्थाबाट सचेत भै सुरक्षित हुन जरुरी छ है छोरी !
छोरी रुयासाले बुझनु पर्दछ कि आजका निर्दोष बालबालिका भोलिका कर्णधार हुन् । देशका सुनौला भविष्य हुन् । आमा बुबाको बुढेसकालका सहारा हुन् । संसार चलाउने कडी हुन् । घरमा बालबालिका नहुनु भनेको पुस्ताको अन्त्य हुनु हो । संसार मानवविहीन हुँदै जानु हो । बालबालिका आफना मात्र नभएर जुनसुकै, जो सुकैका बालबालिका भए पनि रक्षा गर्नु सबैको कर्तव्य हो ।
कलिला निष्पाप बालबालिकाको उज्वल भविष्यको कामना गर्नु, बालबालिकाको अधिकारको रक्षा गर्नु, बालबालिकाहरुलाई हानी हुने काम नगर्नु नै सबैभन्दा ठूलो धर्म हो । भगवान खोज्न मन्दिरमा जानु पदैन । साना अबोध बालबालकिाका आँखामा हेरयो भने भगवान त्यतै भेटिन्छन् । बालबालिकाहरुलाई माया र सुरक्षा प्रदान गुर्न नै मानव कर्तव्य हो ।
छोरी रुयासालाई आम निर्वाचनका बारेमा थाहा हुनुपर्दछ । सही मताधिकार प्रयोग गर्ने अवसर आएको छ । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुँदैनन रे । नेपालीले नेपालीलाई शत्रुको नजरबाट हेर्नु पनि हुँदैन । विकास भावी रणनीति घोषणा पत्र वा प्रतिवद्धता पत्र उल्लेख भए बमोजिम कार्यान्वयन भएको छ कि छैन भन्ने खबरदारी गर्ने बेला आएको छ । फेरी राजनीतिमा थकाइ भन्ने शब्दावली हुदैन भन्ने जननेता मदन भण्डारीको भनाइलाई समेत आत्मसात गर्नुपर्ने बेला आएको छ ।
फजुल खर्च दैनिक जीवन देखि सरकारी बजेटमासम्म लागु हुन्छ । बजेट घाटामा गइरहेको अवस्था छ । बैदेशिक मुद्राँ सञ्चिितमा गिरावट आएको अवस्था छ । फजुल खर्चको नमुना मात्र हो । भोज भतेर, रक्सी, मासुको खर्चको हिसावकिताब गर्ने हो भने खरबौ हिसाबको फेहरीस्त आउन सक्छ । गरिब देशका लागि गरिब नागरिकले गर्न सुहाउने विषय वस्तु होइन ।
छोरी रुयासाले नेपाल राष्ट्र बैकको सहायक चौथौ तहमा परिक्षा दिनका लागि फाराम भरेका छौ । रोजगारी खोज्नु बेरोजगारी जनशक्तिको प्रमुख कर्तव्य हुन आउँछ । राष्ट्र बैक केन्द्रिय बैक हो । बैकंहरुको पनि बैक हो । सरकारको आर्थिक सल्लाहकार समेत हो । त्यसैले राष्ट्र बैकमा जागीर खान खोज्नु आफैमा राम्रो लगाव मानिन्छ बाबा आमाको लागि । निरन्तरको लगाव पछि परिणाम आउने हो । अध्ययन र लेखाइलाई निरन्तरता दिन चुक्नु हँुदैन ।
बोलेको कुरा पु¥याउनु पर्दछ । छोरी रुयासाले प्रति उत्तर मार्फत बाबालाई पत्र लेख्ने वाचा गरेको हो । खै पत्र लेखेको त । छोरीले पत्र लेखेमा सो पत्रलाई म पत्रिकामा प्रकाशित गरिदिने छु है । पत्रमा गन्ठन मन्थन लेख्दा साथीहरुले हाँसी मजाकमा उडाउन सक्दछन् । र ,तिमी मजाकको पात्र बनाउन सक्दछन ।
त्यस क्रियाकलापबाट कत्ति पनि बिचलित नभई आफनो गन्तव्यमा पुग्नका लागि प्रतिवद्ध हुनुको विकल्प छैन । गन्तव्यमा पुग्नका लागि संघर्षका कठिनाइमुलक पाइलाहरु चाल्नुको विकल्प जिन्दगी सामु छैन । सकारात्मक सोचका साथ पाइला चाल्दै विगतमा लेखेको पत्रहरुको समिक्षा गर्दै र निष्कर्ष निकाल्दै सदा उन्नती र प्रगतीको पथमा पाइला चालिरहनु है भन्दै पत्रमा भन्न छुटेका विषय वस्तुलाई मौखिक तरिकाले व्यक्त गरुला । समाजका मानिसहरुमा रहेका विवाह,छेवर,छैठी,मृत्यु सस्कारका बारेमा साक्षात्कार हुनु पर्दछ । मौखिक रुपमा भन्न छुटेका भनाईलाई अर्को पत्रमा लेखुला भन्दै आमा रुपकदेवी र भाइ हिम्मत थापालाई लेखेको पत्रहरु समेत अध्ययन गर्ने बानीको विकास गनुपर्छ भन्दै पत्रलाई अन्त गर्न चाहान्छु ।
उही बाबा
बागलुङ नगरपालिका १० भकुण्डे





