पोखरा/ एमालेको तर्फबाट पोखराको उपमेयरकी प्रत्यासी मञ्जुदेवी गुरुङले पोखरा महानगरलाई भ्रष्टाचारमुक्त, सुशासनयुक्त र प्रविधिमैत्री नगर बनाउने घोषणा गरेकी छन् । पोखरामा सोमबार आयोजित चुनावी सभालाई संवोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
पोखरा महानगरको न्यायीक समितिलाई देशभरकै नमूना र अध्ययन केन्द्र बनाएको जिकिर गर्दै उनले भनिन्,‘ पहिला–पहिला न्याय नपाए गोरखा जानू भनिन्थ्यो, अब न्याय नपाए पोखरा जानू भन्ने भएको छ ।’
पाँच वर्षे कार्यकालमा १५ सय ५० मिटर ढलान गरिएको,२७ वटा कनेन्टिङ सडक निर्माण गरिएको तथा ९ वटा वडा कार्यालय बनेको र अन्यलाई व्यवस्थित गरिएको उनले दाबी गरिन् । एमालेले आफूलाई संसारकै सुन्दर नगरीको उपमेयरको रुपमा नेतृत्व प्रदान गर्ने अवसर प्रदान गरेको तथा पुनः उपमेयरको रुपमा अगाडि सारेको भन्दै उनले पार्टीलाई धन्यवाद व्यक्त गरिन् ।





