आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

भ्रष्टाचार र अनियमितताको समूल नष्ट गरिन्छ : कृष्ण थापा

भ्रष्टाचार र अनियमितताको समूल नष्ट गरिन्छ : कृष्ण थापा


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७९, सोमबार

पोखरा/ एमालेको तर्फबाट पोखरा महागनरको मेयर पदका उम्मेदवार कृष्ण थापाले भ्रष्टाचार र अनियमितताको समूल नष्ट गर्ने उद्घोष गरेका छन् । पार्टी अध्यक्ष केपी ओली सहभागी चुनावी सभालाई संवोधन गर्दै उनले सो कुरा बताएका हुन् । श्रम सीप जुटाऔं,पोखरालाई उठाऔं भन्ने २० वर्ष अघि तय गरिएको नाराको जगमा पोखरालाई उत्कृष्ट महानगर बनाउने पनि उनको घोषणा छ ।

२०५४ सालमा अल्पमतको मेयर भएर आफूले सोचेजस्तो काम गर्न नसकेको तर सुरु गरिएका र यसअघिको नेतृत्वले अगाडि सारेका योजना कार्यान्वनयमा ल्याउने उनको भनाइ थियो । हाम्रो अभिभारा,स्वच्छ,सुन्दर हराभरा नारालाई कार्यान्वनयमा ल्याउँदै पृथ्वीचोकदेखि कोत्रेसम्मको बाटोलाई स्तरीय बनाउने,पर्यटन,कृषि र स्वास्थ्यमा सम्पूर्ण नागरिकको पहुँचमा पु¥याउने,सेवाग्राहीलाई अनलाइन सेवा दिने घोषणा गरे ।

‘अबको पाँच वर्षपछि एउटा पृथक पोखरा बनाएर जनतालाई हस्तान्तरण गर्ने म घोषणा गर्दछु’,उनले भने,‘हामी समुन्नत पोखरा बनाउने छौँ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->