आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरामा केपी ओलीले भने : पशुपतिको बाँदरले फूलको थाली खोस्लान !

पोखरामा केपी ओलीले भने : पशुपतिको बाँदरले फूलको थाली खोस्लान !

गठबन्धन झाडीबाट जन्मेको हो ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०७९, सोमबार

पोखरा/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गर्नसक्ने आशंका व्यक्त गरेका छन् । सोमबार पोखरामा आयोजित चुनावी सभालाई संवोधन गर्ने क्रममा उनले सत्ता गठबन्धनले गठबन्धन भोटले चुनाव नजित्ने हुँदा धाँधली गर्नसक्ने बताएका हुन् ।

‘हामीले अघिल्लो पटक पनि भरतपुरमा हेरेका छौँ ।, मतपत्र च्यात्ने, थुत्ने,चपाउने, निल्ले त्यस्तै के के गरेर जित्ने हो’,उनले भने,‘पशुपतिमा देखेका छौँ । फूलको थाली बाँदर खोसेर लग्छ । त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ त पाँचवटा बाँदर एकैचोटी आउँछ ।,त्यसैले हामी सचेत हुनु जरुरी छ ।’

यसअघि भरतपुरमा आमसभामा पनि आफूले सेना,प्रहरी र निर्वाचनमा खटिने कर्मचारीहरुलाई तटस्थ ढंगले निर्वाचन गराउन आग्रह गरेको स्मरण गर्दै उनले भने,‘ प्रहरी प्रशासनले कसैको सहयोग चाहिँदैन । सहयोग चाहिएको जनताबाट । जनताको अभिमत जस्ताकोतस्तै प्रकट हुने गरी निर्वाचन गराउनुस् ।’

उनले कार्यकर्ताहरुलाई मतगणना नसिकिञ्जेलसम्म मतपत्रबाट आँखा दायाँबायाँ नगर्न पनि आग्रह गरे । ‘कसैले शान्ति सुव्यवस्थामा खलल पार्छ भने त्यसलाई रोक्नुपर्छ ,बाकस एकछिन पनि आँखाबाट ओझेल पार्नु हुँदैन’,उनले थपे,‘ जनताले मत हालेरमात्रै हुँदैन, मतपत्रको सुदृढ ढंगले लाग्नुपर्छ ।’

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा के परिणाम ल्याउँछ भन्ने कुरा प्रष्ट भइसकेको र एमाले विजय भइसकेको भन्दै उनले कर्मकाण्ड पूरा गर्ने र विधि विधि पु¥याउने काममात्रै बाँकी रहेको पनि जिकिर गरे ।

गठबन्धन झाडीबाट जन्मेको हो

एमाले अध्यक्र्ष ओलीले वर्तमान सत्ता गठन्धनलाई अवैध रुपले झाडीमा जन्मेको गठबन्धनको संज्ञा पनि दिए ।
उनले पाँच दलीय गठबन्धनलाई लोकतन्त्र, सरकारको नामको कलंक भएको पनि आरोप लगाए । ‘संसदले सरकार जन्माउँछ । परमादेशबाट बनेको यो झाडीमा जन्मेको गठबन्धन , कसले फालेको हो थाहा छैन ,कहाँबाट जन्मेको हो रु थाहा छैन’,उनले भने,‘ यो गठबन्धन जनादेश, संसदबाट बनेको हैन, परमादेशबाट बनेको, लोकतान्त्रिक ढंगले हैन अलोकतान्त्रिक ढंगले बनेको गठबन्धन हो । ’

कांग्रेस नेतृ आरुजुमाथि व्यङ्ग्य

एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृ आरजु देउवाले म्यानपावर कम्पनी चलाएको हुनसक्ने बताएका छन् ।

केही दिनअघि कांग्रेस नेतृ राणाले एउटा चुनावी कार्यक्रममा बोल्दै त्यो ठाउँमा ५/६ जना व्यत्तिलाई फ्रि भिसा र टिकटमा मलेसिया पठाइदिने घोषणा गरेकी थिइन्। । ‘मलेसिया सम्झँदा कांग्रेका एक नेताको भाषण पनि सम्झेँ,मैले । धेरैलाई त सक्दिन, ५/६ जनालाई फ्रि भिसा र टिकटमा मलेसियामा पठाइदिन्छु रे’,उनले भनिन्,‘ म्यानपावर कम्पनी खोलेको होला भित्रभित्रै । हामी मलेसिया,सलेसिया हैन , देशभित्रै युवाहरुलाई तालिम दिन्छौँ, रोजगारी दिन्छौँ ।

रोजगारीमात्रै हैन, स्टार्टअपको रुपमा सर्टीफिकेट राखेर ऋण दिन्छौँ ।, हामी विदेश पठाउने हैन, युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा सरिक गराउँछौँ । भिन्नता यहीँ छ । ३ ४ कक्षाका बालबालिकालाई भिन्नता छुट्याऊ भनेर दिएको हुन्छ । त्यसो गर्दा साना बच्चाबच्चीलाई कांग्रेस र एमालेको,गठबन्धन र गठबन्धनको भिन्नता छुट्याऊ भन्यो भने सजिलै छुट्टयाइदिन्छ ।’ यसो भन्नुअघि उनले मलेसियामा मजदुर किसानको बलसँग सम्बन्धित रहेको एउटा गीतको प्रसंग निकाल्दै यहाँ पनि जनताले वल देखाउनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->