मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शासक होइन, सेवक चुनौं

शासक होइन, सेवक चुनौं


  • दुर्गा भण्डारी
  • बैशाख २९ २०७९, बिहिबार

पाँच वर्षको लागि जनप्रतिनिधि चुन्ने बेला यही हो । अरु बेला जतिसुकै काम गरेनन्, भ्रष्टाचार गरे भनेर सत्तरोसराप गरेर पनि जनप्रतिनिधि छान्ने बेलामा बुद्धि पु¥याइएन भने दुःख पाइन्छ । कसले जनताको काम राम्ररी गर्छ,कसले मतदातासँग राम्रो व्यवहार गर्छ परीक्षण गर्ने बेला पनि यही हो । अरुबेला जे जस्तो गरे पनि उम्मेदवारले, निर्वाचनका बेला मतदातासँग नाटकीय व्यवहार गर्ने प्रचलन भने विगतदेखिकै हो ।

कतिपय उमेद्वारले मतदाताको मन जित्नका लागि भेटघाट तीव्र बनाउने, घरदैलो गर्ने गर्छन् । मतदाताको दुःखको साथी बन्न खोज्छन् र मन जित्ने प्रयास पनि गर्छन् । तर,कतिपयले मतदाताको मन जित्नुको साँटो उल्टै मतदातालाई धम्क्याउने काम गरेका छन् । यस्तो प्रवृत्ति अहिलेको निर्वाचनको उपक्रममा पनि देखिएको छ । त्यस्ता गतिविधिमाथि निर्वाचन आयोगले चासो देखाउँदै प्रष्टीकरण सोधेको छ । निर्वाचनको उपक्रममा आचारसंहिता विपरीत धम्कीको भाषा बोल्ने साना नभएर शीर्ष नेताहरु नै रहेका छन् ।

अर्को अचम्मको कुरा पनि यसपटक भयो । वर्षौँदेखि आफूलाई स्वतन्त्र पत्रकारको स्वाङ रचेका गठबन्धनमा आवद्ध पत्रकारहरुले यसपटक मतदालाई धम्क्याउने विज्ञप्ति निकालेर आफै नागिंएका छन् ।
राजनीतिक नेतृत्वमा मतदातालाई त्रसित बनाएर चुनाव जित्छु भन्ने मानशिकता अझै देखियो । मानौँ, मतदाताहरु उनीहरुको धम्की र घुर्कीदेखि डराएर थपक्क मतदान गरुन् । धम्की दिनेहरुले मतदान केन्द्र र बुथ कब्जा नर्गलान भन्ने अवस्था भने रहँदैन ।

चुनावमा सत्ता र शक्तिको दुरुपयोग हुनुहँुदैन । राजनीतिको आडमा जे पनि गर्न पाइन्छ भन्ने मानशिकता छाड्नुपर्छ । त्यस्तचो प्रवृत्ति देखाउनेहरुलाई दण्डित गरिनुपर्छ । चुनावमा एउटा जित र अर्को पक्षको हार अवश्य नै हुन्छ । यसलाई स्वभाविक मान्नुपर्छ ।

निश्पक्ष, भयरहीत वातावरणमा आफूलाई मन परेको व्यक्ति छान्न पाउने नागरिकको अधिकार कहिँकतैबाट कुण्ठित गरिनु हुँदैन । त्यसकारण मतदाताहरु सचेत हुन जरुरी छ । कसैको धाक धम्कीमा नपरी आफ्नो अमूल्य मत खेर नफालौं । हत्या, हिंसा र सत्ताको दुरुपयोगको आडका हुने फोहोरी राजनीतिविरुद्ध मतदाताहरु एक हुनुपर्छ । आफ्नो विवेक प्रयोग गरेर पाँच वर्षका लागि शासक होइन, सेवक चुन्ने बेला यही हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->