शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मनाङमा ६२.६० प्रतिशत मतदान, मतगणना सुरु

मनाङमा ६२.६० प्रतिशत मतदान, मतगणना सुरु


  • ढोरपाटन संवाददाता
  • बैशाख ३० २०७९, शुक्रबार

मनाङ – जिल्लाका ३ वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । नार्पाभूमिबाहेक ३ वटै गाउँपालिकामा मतगणना सुरु भएको हो ।

सर्वदलीय बैठकपछि चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना राति नै हुने बताए ।

जिल्ला निर्वाचन अधिकारी पुष्पराज खनालका अनुसार नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति अनुसार अघि बढ्ने भएको छ । मनाङमा ६२. ६० प्रतिशत मत खसेको छ । कूल ६ हजार ४ सय ९६ मतदाता रहेकोमा ४ हजार ६७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सबैभन्दा धेरै ३ हजार ५ सय ३५ मतदाता रहेको मनाङ ङिस्याङमा १ हजार ६ सय ५७ मत अर्थात ४६ दशमलव ८७ प्रतिशतमात्रै मत खसेको छ । नासों गाउँपालिकामा १ हजार ८ सय २ मतदाता रहेकोमा १ हजार ४ सय ९६ मत अर्थात ८३.०१ प्रतिशत मत खसेको छ ।

चामे गाउँपालिकामा ७ सय ११ मतदाता रहेकोमा ६ सय १० मत अर्थात् ८५.७९ प्रतिशत मत खसेको छ । नार्पाभूमि गाउँपालिकामा ४ सय ४८ मतदाता रहेकोमा ३ सय ४ मत अर्थात ६७.८५ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->