आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

बागलुङ र काठेखोला १ मा गठबन्धनका उमेद्वार बिजयी

बागलुङ र काठेखोला १ मा गठबन्धनका उमेद्वार बिजयी


  • ढोरपाटन संबाददाता
  • जेष्ठ १ २०७९, आइतबार

बागलुङ/ बागलुङ नगरपालिका–१ को वडा अध्यक्षमा पाँच दलिय गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका जयबहादुर केसी निर्वाचित भएका छन् ।

नेकपा एमालेका उम्मेदवार दुर्गे सार्कीलाई ८ मतले पराजित गर्दै केसी निर्वाचित भएका हुन् । केसीले ४ सय ७४ मत प्राप्त गरेका छन् भने सार्कीले ४ सय ६६ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेकपा एमालेका शान्तीदेवी शर्मा, दलित महिला सदस्यमा नेकपा एमालेकी टिकादेवी सार्की, खुल्ला सदस्यमा नेकपा एमालेका सोमबहादुर बोहरा र कृष्णबहादुर कार्की विजयी भएका छन् ।
बागलुङको काठेखोला गाउँपालिका–१ बाट नेपाली काँग्रेसले विजयी सुरुवात गरेको छ ।

पाँच दलिय गठबन्धनको साझा उम्मेदवार वडा नम्बर १ का निर्वतमान अध्यक्ष समेत रहेका नेपाली काँग्रेसका खड्क थापा ९ सय १५ मत प्राप्त गर्दै पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले अध्यक्षका प्रतिस्प्रर्धी नेकपा एमालेका गोविन्द बहादुर खड्कालाई ३ सय ९७ मतान्तरले पराजित गरेका हुन् । खड्काले ५ सय १८ मत प्राप्त गरेका छन् ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा थापा ६ सय १३ मत प्राप्त गरेर निर्वाचित भएका थिए ।

थापा संगै वडा नम्बर १ मा गठबन्धनको प्यानल विजयी भएको छ । महिला सदस्यमा देवि थापा मगर, दलित महिला सदस्यमा तरा किसान, खुल्ला सदस्यमा गोविन्द थापा मगर र डिलबहादुर जिसी निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->