बागलुङ/ ताराखोला गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार धन बहादुर विश्वकर्मा ९हिमाल० विजयी भएका छन् । उनी १ सय ९५ मतान्तरले विजयी भएका हुन् ।
गाउँपालिकामा कुल ५ हजार ५ सय १ मत खसेकोमा गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका विकले २ हजार २ सय ८५ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार ९० मत प्राप्त गरेका छन ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार भीम बहादुर रोका विजयी भएका छन् । उनी २ हजार ८ सय ४२ को मतान्तरले विजयी बनेका हुन । उनले ३ हजार ४ सय ३ मत प्राप्त गरेका छन भनें उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थममाया घर्तीले ५ सय ६१ मत प्राप्त गरेका छन् । गठबन्धनले ताराखोला गाउँपालिकाको वडा नं १ वमा यम बहादुर श्रीस, २ मा भद्र घर्ती, ३ मा कर्ण बहादुर भण्डारी, ४ जित बहादुर खत्री र ५ मा मन बहादुर खत्री विजयी भएका छन । गाउँपालिकामा वडा सदस्य बाहेकको पदमा गठबन्धनको प्यानल नै विजयी भएको हो ।





