पोखरा/ शुक्रबार भएको मतदानको कास्कीका ५ वटै पालिकामा नतिजा आउने क्रम जारी छ । कास्कीका पालिका जनप्रतिनिधिका लागि भएको मतदानको शनिबारदेखि गणना सुरु भएको थियो । प्रारम्भिक नतिजाअनुसार ३ पालिकामा प्रमुखसहित वडातहमा नेपाली कांग्रेस अगाडि छ भने रुपा गाउँपालिकामा नेकपा एमाले अगाडि छ ।
अघिल्लो पटक नेकपा एमालेले जितको ठाउँमा पनि यसपटक नेपाली कांग्रेसले नतिजा सुधारेको छ । कास्कीका ५ पालिकामध्ये माछापुच्छ«े गाउँपालिकाले सबैभन्दा बढी ५ वटा वटा वडाको नतिजा सार्वजनिक गरेको छ । माछापुच्छ«ेमा ९ वटा वडा छन् ।
निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिलेसम्म १, २, ३, ४ र ५ नम्बर वडाको नतिजा आएको छ । नतिजा आएका ५ वटै वडामा नेपाली कांग्रेसले जित निकालेको छ । माछापुच्छ«े वडा नम्बर १ मा इन्द्र गुरुङ, २ मा गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी र ५ मा नारायण पौडेलले जित निकालेका हुन् ।
उक्त पालिकाको प्रमुखमा नेकपा एमालेबाट विक्रम गुरुङ र नेपाली कांग्रेसबाट मीनबहादुर गुरुङ प्रत्याशी छन् । हालसम्म प्राप्त मतअनुसार पालिका प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ । कांग्रेसका मीनबहादुरले ४ हजार ६२३ मतसहित अग्रता कायम राख्दा नेकपा एमालेका विक्रम गुरुङले ४ हजार ८ मतले पछ्याइरहेका छन् ।
पालिका उपाध्यक्षमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । पालिका उपाध्यक्षमा नेपाली कांग्रेसकी सीता अधिकारीले ४ हजार १९८ मतसहित अग्रता लिइरहेकी छन् भने उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेकी सीता तिवारीले ३ हजार ६७७ मतले पछ्याइरहेकी छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी प्रविणा अधिकारीले ६ सय १५ मत ल्याएकी छन् ।
कास्कीको रुपा गाउँपालिकाको ४ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शनिबारदेखि मतगाण्ना भएको उक्त पालिकाको १, २, ३ र ४
नम्बर वडाको नतिजा सार्वजनिक भएको हो ।
रुपा गाउँपालिका १ मा नेपाली कांग्रेसका रामबहादुर गोदारले प्यानलसहित जित निकालेका छन् । त्यसबाहेक अन्य वडामा नेकपा एमालेले जित हासिल गरेको छ । रुपाको २ नम्बर वडामा नेकपा एमालेका राजन सुवेदी, ३ मा दीपेन्द्र गौतम र ४ मा मुकुन्दबहादुर वंशीले प्यानलै जित निकालेका छन् ।
रुपाको पालिका प्रमुखमा नेकपा एमालेबाट नवराज ओझा र नेपाली कांग्रेसबाट गिमाया गुरुङ प्रत्याशी छन् । ४ वटा वडाको नतिजा गणना भइसक्दासम्म पालिका प्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । पालिका प्रमुखमा ओझाले २ हजार ५९७ मत ल्याउँदा नेकपा कांग्रेसकी गिमाया गुरुङले २ हजार ७९ मतसहित पछ्याइरहेकी छन् ।
त्यस्तै, उपाध्यक्षमा नेकपा एमालेकी लालसुब्बा गुरुङले २ हजार ४७८ मतसहित अग्रता लिँदा निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण श्रेष्ठले २ हजार ७९ मत ल्याएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पनि ४ वटा वडाको नतिजा सार्वजनिक भएको छ । निर्वाचन अधिकृत कार्यालयबाट प्राप्त नतिजाअनुसार अन्नपूर्णको ७, ८, ९, १० र ११ वटा वडाध्यक्ष चुनिएका हुन् । जसमध्ये अन्नपूर्ण ७, ९ र ११ वडामा नेकपा एमाले र ८ र १० वडामा नेपाली कांग्रेस विजयी भएका छन् ।
अन्नपूर्ण गाउँपालिका ७ को वडाध्यक्षमा नेकपा एमालेका भरतमान गुरुङ, ९ मा रमेश गुरुङ र ११ मा हिमबहादुर गुरुङ विजयी भएका छन् । त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट वडा नम्बर ८ मा विजय गुरुङ र १० मा गौतम गुरुङ विजयी भएका छन् ।
पालिका प्रमुखमा भने नेपाली कांग्रेसका प्रत्याशी युवराज कुँवरले अग्रता लिइरहेका छन् । कुँवरले २७९६ मत पाउँदा उनका निकटम् प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु केसीले २६९२ मत ल्याएका छन् । पालिका उपप्रमुखमा नेपाली कांग्रेसकी खिमकुमारी गुरुङले २८१२ मतसहित अग्रता लिँदा नेकपा एमालेकी चन्द्रकला गुरुङको २६८२ मत छ ।
कास्कीको मादी गाउँपालिकाको पनि ४ वटा वडाको नतिजा आएको छ । मादीको १, २, ३ वडाध्यक्षमा नेपाली कांग्रेस र ४ नम्बर वडामा नेकपा एमाले विजयी भएको छ । मादी १ मा देवीजंग गुरुङ, २ मा भोजबहादुर गुरुङ र ३ मा विकास गुरुङ कांग्रेसबाट वडाध्यक्ष चुनिँदा ४ नम्बर वडामा भने नेकपा एमालेका शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् ।
मादीको पालिका प्रमुखमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसका प्रत्याशी देवीजंग गुरुङले २ हजार ५३३ मतसहित अग्रता लिइरहँदा नेकपा एमालेका शिवबहादुर गुरुङ २ हजार ६० मतले पछ्याइरहेका छन् ।
पालिका उपाध्यक्षमा भने नेकपा एमालेले अग्रता लिइरहेको छ । नेकपा एमालेकी उपाध्यक्ष प्रत्याशी कल्पना गुरुङले २ हजार ६६९ मत ल्याउँदा नेकपा माओवादीका लालबहादुर गुरुङले २ हजार १२८ मत ल्याएका छन् ।





