
बागलुङ/ ढोरपाटन नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका देव कुमार नेपाली पुनःविजयी भएका छन् । संयुक्त पाँच दलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का चन्द्रलाल अर्याललाई ६ सय मतले पराजित गर्दै नेपाली दोस्रो कार्याकालको लागि नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
नेपालीले ५ हजार ७३५ मत प्राप्त गर्दा अर्यालले ५ हजार १३५मत प्राप्त गरे । नगरपालिकाको उपप्रमुखमा पाँच दलिय गठबन्धनका धनबहादुर कायत विजयी भए । नेपाली काँग्रेसका कायतले ५ हजार ६५० मत प्राप्त गरे। उपमेयरमा राष्ट्रिय जनमोर्चा (विद्रोही समहु)का ताराकुमारी पुनले ४ हजार ४८४ मत प्राप्त गरिन् । पुनले नेकपा एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी थिईन् ।





