बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पोखरामा गठबन्धको अग्रता कायमै

पोखरामा गठबन्धको अग्रता कायमै


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०७९, मंगलबार

पोखरा ३ जेठ/ कास्कीको पोखरा महानगरपालिकामा गठबन्धनले अग्रता कायमै राखेको छ । महानगरको मेयरमा धनराजले ठुलो अग्रता बनाएपनि कोपिला रानाभाटले भने निकै कम मतले अग्रता लिइरहेकी छिन् ।

महानगरको २१ हजार ९ सय ६० गणना हुँदासम्म धनराज आचार्यले ९ हजार १ सय ६५ मत प्राप्त गर्दा एमालेका कृष्ण थापाले ७ हजार ७ सय ७४ मत प्राप्त गरे । राप्रपाका शंकर खरालले १ हजार ६१ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार गणेश पौडेल ५ सय ४३ मत ल्याए ।

यस्तै उपमेयरमा गठबन्धनकी कोपिला रानाभाटले ९ हजार ४ सय ६१ मत प्राप्त गर्दा एमालेकी मञ्जुदेवी गुरुङले ८ हजार ८ सय ३१ मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->