बागलुङ/ काठेखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजु थापा निर्वाचित भएका छन् । थापाले ७ हजार ७ सय ५० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका डिल बहादुर कार्कीले ६ हजार ३ सय ८३ मत प्राप्त गरे ।
उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक निर्वाचित भए । उनले ६ हजार ७ सय १२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी एमालेका कोपिला पुनले ६ हजार ४ सय ४७ मत पाईन् । यहाँ कांग्रेसले ४, एमालेले ३ र राजमोले १ वडा जितेका छन् ।





