आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखरामा परिणाम आएका १२ मध्ये ९ वडामा कांग्रेस

पोखरामा परिणाम आएका १२ मध्ये ९ वडामा कांग्रेस


  • विजय नेपाली
  • जेष्ठ ५ २०७९, बिहिबार

पोखरा /महानगरपालिकामा गठबन्धनले अहिलेसम्म ९ वटा वडा जितिसक्दा एमालेले ३ वटा वडामा जित हासिल गरेको छ ।
वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन सकिएको पाँच दिनसम्म आइपुग्दा ११ वटा वडाको अन्तिम मत परिणाम बाहिर आउँदा गठबन्धन अघि देखिएको छ ।

गठबन्धनले वडा नं. २, ३, ४, १२,१३, २३, २४, २५ र २६ मा विजयी हासिल गर्दा एमालेले वडा १,५ र ६ मा विजयी हासिल गरेका छन् । बुधबार घोषित परिणाम अनुसार वडा ५ मा एमालेका विष्णुप्रसाद बराल ९ सय ७१ मतसहित विजयी भए । उनले १ हजार ९ सय ७२ मत ल्याउँदा कांग्रेसका प्रमोद कोइरालाले १ हजार १ मत प्राप्त गरे ।

खुल्ला सदस्य १ एमालेका गोविन्द प्रसाद पराजुली ७ सय ३९ मत सहित विजयी भए । उनले १ हजार ९ सय १७ ल्याउँदा कांग्रेसका गोपाल बहादुर थापाले १ हजार १ सय ७८ मत ल्याए । खुल्ला सदस्य २ एमालेका मणिराम बराल ५ सय ४७ मत सहित विजयी भए । उनले १ हजार ७ सय २५ मत प्राप्त गर्दा कांग्रेसका धनञ्जय पौडेलले १ हजार १ सय ७८ मत ल्याए । महिला सदस्यमा एमालेकी कल्पना कुमारी थापा ७ सय ७९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ४७ मत ल्याउँदा कांग्रेसका उर्मिला पौडेलले १ हजार १ सय ६८ मत ल्याए । दलित महिला सदस्यमा हरीमाया विश्वकर्मा ८ सय ९१ मतले विजयी भए । उनले १ हजार ९ सय ६४ मत ल्याउँदा कांग्रेसका हस्तमाया नेपालीले १ हजार ७३ मत ल्याइन् ।

वडा नम्बर ६ को अध्यक्षमा एमालेका विष्णुबहादुर भट्टराई १ सय ६७ मतान्तरले विजयी भए । उनले १ हजार ६ सय ६ मत प्राप्त गर्दा कांग्रेसका जगतबहादुर पहारीले १ हजार ४ सय ३९ मत प्राप्त गरे । पहारी यसअघि वडा अध्यक्ष निर्वाचित भएका थिए ।

वडा नंबर १३ मा कांग्रेसका किरण बराल ७ सय ६ मतले अध्यक्षमा विजयी भए । उनले २ हजार ९ सय ४० मत प्राप्त गर्दा एमाले बसन्तराज बराल २ हजार २ सय ३४ मत प्राप्त गरे । खुल्ला सदस्य १ कांग्रेस बलबहादुर बराल १ सय ८२ मत प्राप्त गरे । उनले २ हजार ४ सय ७० मत प्राप्त गर्दा एमालेका अम्जत मियाँले २ हजार २ सय ८८ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेस सरिफ अलिमियाँ १ सय १३ मत सहित विजयी भए । उनले २ हजार ४ सय २० मत प्राप्त गर्दा एमालेका निलकण्ठ सिग्देलले २ हजार ३ सय ७ मत प्राप्त गरे । महिला सदस्य कांग्रेसकी सुचित तामाङ २१ मतले विजयी भईन् । उनले २ हजार ५ सय ४३ मत प्राप्त गर्दा एमालेकी कृष्ण कुमारी गुरुङले २ हजार ५ सय २२ मत प्राप्त गरिन् । दलित महिला सदस्यमा कांग्रेसकी रजनी परियार २ सय ७० मत सहित विजयी भइन् । उनले .२ हजार ६ सय २८ मत ल्याउँदा एमालेकी कमला विकले २ हजार ३ सय ५८ मत प्राप्त गरिन् ।

वडा २४ को वडाअध्यक्षमा कांग्रेसका भरतबहादुर अधिकारी ३ सय २७ मतले विजयी भए । उनले २ हजार १ सय ३१ मत ल्याउँदा एमालेका रामचन्द्र थापाले १ हजार ८ सय ४ मत ल्याए । खुल्ला सदस्य २ कांग्रेसमा रेशम सुवेदी ४ सय ३४ मतले विजयी भए । उनले १ हजार ९ सय ९३ मत ल्याउँदा माओवादीका शालिकराम सुवेदीले १ हजार ५ सय ५९ मत ल्याए ।

खुल्ला सदस्य १ एमालेका कृष्ण प्रसाद सुवेदी ३ सय २७ मतले विजयी भए । उनले १ हजार ८ सय ७९ मत ल्याउँदा एकीकृत समाजवादीका जिवनकुमार भट्टराईले १ हजार ५ सय ५२ मत ल्याए ।
महिला सदस्यमा एमालेकी सरस्वती त्रिपाठी ५ सय ५ मतले विजयी भइन् । उनले १ हजार ९ सय ५६ मत ल्याउँदा माओवादीकी सोनु सुवेदीले १ हजार ४ सय ५१ म्त ल्याइन् । दलित महिला सदस्यमा एमालेकी मैया नेपाली ३ सय ९ मत सहित विजयी भए । उनले १ हजार ९ सय ९४ मत ल्याउँदा कांग्रेसकी इन्द्रकुमारी कामीले १ हजार ६ सय ८५ मत ल्याइन् ।

२५ मा कांग्रेस

वडा २५ को अध्यक्षमा कांग्रेस विजयी वडा २५ मा कांग्रेसका मोतिलाल तिम्सिना २३ मतले विजयी भए । उनले २ हजार २ सय ६६ मत प्राप्त गर्दा एमालेका तिर्थबहादुर थापाले २ हजार २ सय १३ मत प्राप्त गरे । खुल्ला सदस्य १ मा एमाले कृष्ण बहादुर कुवरँ ९ सय ६० मत सहित विजयी भए । उनले २ हजार ३ सय ६ मत प्राप्त गरे भने माओवादीका सुरेशबहादुर सापकोटाले १ हजार ३ सय ४६ मत प्राप्त गरे । खुल्ला सदस्य २ एमालेका सुवाष भण्डारीले २ हजार २ सय २५ मत सहित विजयी भए । उनले २ हजार २ सय ९० मत प्राप्त गर्दा एकीकृत समाजवादीका दिपेन्द्र वास्तोलाले ६५ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी धनकुमारी पोखरेलले ९ सय १७ मत सहित विजयी भइन् । उनले २ हजार ४ सय ६७ मत प्राप्त गर्दा माओवदीकी आरती अधिकारी सापकोटाले १ हजार ५ सय ५० मत प्राप्त गरिन् । दलित महिला सदस्यमा एमालेकी तारा विश्वकर्मा १ हजार ५६ मत सहित विजयी भइने । उनले २ हजार ५ सय २० मत प्राप्त गर्दा माओवादीकी सिता नेपालीले १ हजार ४ सय ६४ मत प्राप्त गरिन् ।

वडा २६ को वडा अध्यक्षमा कांग्रेसका नरेन्द्र थापा १ हजार १५ मतले विजयी भए । उनले २ हजार ७ सय ६५ मत ल्याउँदा एमालेका सुर्यनाथ भण्डारीले १ हजार ७ सय ५० मत ल्याए । खुल्ला सदस्य १ कांग्रेसका तीर्थबहादुर राजभाट १ सय ५३ मतले विजयी भए । उनले २ हजार १ सय ३५ मत ल्याउँदा एमालेका धु्रव थापाले १ हजार ९ सय ८२ मत ल्याए । खुल्ला सदस्य २ मा कांग्रेसका सुदिप राज ढुङ्गाना २० मतले विजयी भए । उनले २ हजार ९ मत ल्याउँदा एमालेका बसन्त बञ्जराले १ हजार ९ सय ८९ मत ल्याए । महिला सदस्यमा कांग्रेसकी लक्ष्मीदेवी भट्टराई ९८ मतले विजयी भइन् । उनले २ हजार २ सय २४ मत ल्याउँदा एमालेकी प्रमिला बरालले २ हजार १ सय २६ मत ल्याइन् । दलित महिला सदस्यमा कांग्रेसकी सुजता बराल २ सय ६२ मतसहित विजयी भइन् । उनले २ हजार ३ सय ९ मत ल्याउँदा एमालेकी शर्मिला विश्वकर्माले २ हजार ४७ मत प्राप्त गरिन् ।

यसअघि पोखरा वडा १ मा एमालेका सहारा प्रधानले विजयी भएका थिए भने वडा नम्बर २,३ र ४ मा क्रमश ःकांग्रेसका दिवसमान प्रधानाङ्ग,कांग्रेसकै प्रकाशमान उदास र देवकृष्ण पराजुली,वडा नम्बर १२ मा वडा १२ कांग्रेसका सन्तोष बास्तोला र वडा नम्बर २३ मा कांग्रेसकै रामकाजी गुरुङ विजयी भइसकेका थिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->