आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवी विजय नजिक

पोखराको मेयरमा एकीकृत समाजवादीका धनराज र उपमेयरमा एमालेकी मञ्जुदेवी विजय नजिक


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०७९, सोमबार

पोखरा/ अब पोखरामा १२ हजार ४९९ मतमात्र गन्न बाँकी छ । त्यसमा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ५२ हजार ९७२ मत प्राप्त गरेका छन् । यो उनका प्रतिस्पर्धी एमालेका कृष्ण थापाले पाएको भन्दा ४ हजार ४४६ मत बढी हो । अहिले कायम रहेको मतान्तर र मतान्तरको शैली हेर्ने हो भने धनराज जित नजिक पुगेका छन् । यता,उपमेयरमा पनि अवस्था उस्तै छ ।

एमालेकी मञ्जुदेवी गुरुङ र कांग्रेसकी कोपिला रानाभाटबीचको मतान्तर पनि ४ हजार २२ मतको छ । मञ्जुले ५५ हजार ५०४ र कोपिलाले ५१ हजार ४१२ मत पाएका छन् । मेयरमा राप्रपाका शंकर खरालले ५ हजार ४६२ र उपमेयरकी उम्मेदवार रञ्जना सेनले पनि सोही परिणाममा मत पाएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->