आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

एमालेले भोट कहाँ हाले ?

एमालेले भोट कहाँ हाले ?

१४ हजार ७२५ जनाले एउटा कलम र ६ सूर्य छाने ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७९, बिहिबार

पोखरा/ पोखराका वडाहरुमा विजयपछि निस्केको कांग्रेसको ¥यालीमा नारा लाग्यो,‘देखिस् क्यारे एमाले, जनताले भोट कहाँ हाले ?’ यो नारा देशभरका हरेकजसो विजय ¥यालीमा आफू अनुकूल प्रयोग गरियो । एमालेले जितेको ठाउँमा त्यही नारालाई उल्ट्याइएको थियो । पोखराको हकमा भने एमालेले मेयर गुमाएको छ । एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापा पराजित भएसँगै पार्टीभित्र जनताले हैन आफ्नै कार्यकर्ताले भोट कहाँ हाले ? भन्ने प्रश्न सोध्न थालिएको छ र यसको उत्तर अरुले हैन प्रतिस्पर्धी धनराज आचार्यले नै दिएका छन् ।

एमालेले अन्तरघातको गुनासो गरिरहँदा उनकै पार्टीका पूर्वनेता धनराज आचार्यले आफ्नै पुरानो दावीलाई एमालेले नसम्झेको पनि बताइदिएका छन् । चुनाव अघि नै धनराजले भनेका थिए,‘एमालेको संगठन मैले बनाएको हो, त्यहाँ हाम्रै साथीहरु हुनुहुन्छ, त्यहाँबाट मलाई १५ हजारभन्दा बढी मत आउँछ ।’धनराजको सार्वजनिक अभिव्यक्तिलाई नजरअन्दाज गरेको परिणाम भने अहिले सत्य देखिएको छ । धनराजले एमालेकै मतले विजय प्राप्त गरेका छन् ।

बुधबार विजय ¥यालीमा धनराज स्वयंले पुनः त्यही कुरा दोहो¥याए । उनले भने,‘मत बदर नभएको भए अहिले तपाईं अगाडि उभिएको मेयरको २७ हजारभन्दा बढी भोट हुन्थ्यो र उपमेयरले १६ हजारले जितेको हुनुहुन्थ्यो । तर,प्रमुख निर्वाचन आयुक्तबाटै षड्यन्त्र भयो । १४ हजार ७२५ भोट मेरोमा क्रस भएर आयो र मेयर बच्यो तर उपमेयरमा बदर भएको मतको पूर्ति हुन सकेन र हारियो ।’ ६ वटा मत एमालेको सूर्य चिन्हमा छाप लगाएर कलममा मात्रै त्यति मत आएको हो । मेयरमा १ लाख २२ हजार ३ सय ३९ मत सदर हुँदा २० हजार ७ सय ८१ मत बदर भएको छ । जसमध्ये सम्पुर्ण रुपमा बदर मत संख्या ८ सय ९० रहेको छ । उपमेयरमा १ लाख २३ हजार ४ सय ३८ मत सदर हुदाँ १९ हजार ६ सय ७२ मत बदर भएको छ । उपमेयरमा पुर्ण बदर मत भने रहेको छैन् । बदर मत सबै आफ्नो भएको धनराजको जिकिर छ । चुनावी सभामा प्रमुख निर्वाचन आयुक्त दीनेशकुमार थपलियाको चर्को आलोचना गर्दै धनराजले त्यही षड्यन्त्रका कारण उपमेयरमा गठबन्धनको उम्मेदवार कोपिला रानाभाटले पराजय भोगेकी र बदर मत पनि बढेको जिकिर गरे । थपलिया गठबन्धनको विरुद्धमा रहेको उनको भनाइ थियो । पोखरामा गठबन्धनलाई हराउन र एमालेलाई सहयोग पुग्ने गरी मतपत्र बनाइको र मेयरमा कलम र बाँकी रुखमा मत हाल्नुपर्छ भन्ने सन्देश सबै मतदाताकहाँ पु¥याउन नसकिएको स्वीकारे ।

‘म माननीय दीनेश थपलियालाई चर्को स्वरले सुनाउन चाहन्छु, तपाईं संवैधानिक निकायमा रहेर भागवन्दी गर्ने हो भने उहाँले आफ्नो नैतिक जिम्मेवारी के हो भनेर सोध्न चाहन्छु’,उनले भने‘,जसको उम्मेदार छैन भने त्यहाँ चुनाव चिन्ह राखिँदैन भन्ने उद्घोष गरे पनि बदनियतपूर्ण तरिकाले मतपत्र बनाइयो । षड्यन्त्र गरेर निर्वाचन प्रभावित पार्ने काम गर्नुभयो । यसमा हाम्रो घोर विरोध छ ।’ पोखराको चुनावमा थापाले ५२ हजार ८४८ मत पाए भने मेयर निर्वाचित धनराज आचार्यले ५८ हजार ८५३ मत ल्याए । यो कृष्णको भन्दा ६ हजार ४५ मत बढी हो । उपमेयरमा भने लोकप्रिय मतका साथ एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ विजयी बनिन् । पोखराका निवर्तमान मेयर रहेकी मञ्जुले सबैभन्दा धेरै ६० हजार ५४६ मत पाएर विजयी भएकी हुन् । उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ५६ हजार ६६३ मत पाइन् । कोपिलाले भन्दा मञ्जुले ३ हजार ८८३ र आफ्नै पार्टीबाट मेयर उम्मेदवार बनेका कृष्ण थापाभन्दा ७ हजार ६९८ मत बढी मत पाइन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->