बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखराको मेयरमा करिब २१ र उपमेयरमा २० हजार मत बदर

पोखराको मेयरमा करिब २१ र उपमेयरमा २० हजार मत बदर

कास्कीभर २४ हजार ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७९, बिहिबार

पोखरा/ कास्कीको पालिका प्रमुखमा खसेकोमध्ये २४ हजार ६ सय ९२ मत बदर भएको छ । १ लाख ९६ हजार ८ सय ३५ मत खसेको कास्कीको पाँच पालिकामा सबैभन्दा बढी बदर संख्या पोखरा महानगरपालिकामा देखिएको छ । जिल्लाकै सबैभन्दा कम मत खसेको पोखरामा भन्दा बढी मत बदर देखिएको हो ।

२ लाख ७ हजार ७ सय १२ मतदाता रहेको पोखरामा ६८.९० प्रतिशत मात्रै मत खसेको थियो । कुल १ लाख ४३ हजार १ सय १० मत खसेको पोखरामा १४.५२ प्रतिशत मत बदर भएको छ । जुन अन्य पालिकाको भन्दा बढी हो । गठबन्धनबाट मेयरमा विजयी भएका एकीकृत समाजवादीका धनराज आचार्यले ५८ हजार ८ सय ९३ मत प्राप्त गरे । ६ हजार ४५ मतान्तरले कृष्ण थापालाई हराएका हुन् । एमालेबाट प्रत्यासी रहेका कृष्ण थापाले ५२ हजार ८ सय ४८ मत प्राप्त गरे ।

मेयरमा १ लाख २२ हजार ३३९ मत सदर हुँदा २० हजार ७ सय ८१ मत बदर भएको छ । जसमध्ये सम्पुर्ण रुपमा बदर मत संख्या ८९० रहेको छ ।
उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ दोस्रो पटक विजयी भइन् । उनले ३ हजार ८ सय ४६ मतलान्तरले कोपिला रानाभाटलाई हराइन् । मञ्जुले ६० हजार ५ सय ४६ मत प्राप्त गर्दा कोपिला रानाभाटले ५६ हजार ६ सय ६३ मत प्राप्त गरिन् । उपमेयरमा १ लाख २३ हजार ४ सय ३८ मत सदर हुँदा १९ हजार ६ सय ७२ मत बदर भएको छ । उपमेयरमा पुर्ण बदर मत भने रहेको छैन् ।

२० हजार ३ सय ३सय ४८ मतदाता रहेको अन्नपुर्ण गाउँपालिकामा १४ हजार ५ सय ७ मत खसेको थियो । जसमध्ये अध्यक्षमा १३ हजार ६ सय १६ मत सदर हुँदा ८९१ मत बदर भएको छ । १९२ मत सम्पुर्ण रुपमा बदर भएको मत हो । उपाध्यक्षमा १३ हजार ५ सय १५ मत सदर हुँदा ९९२ मत बदर भएको छ ।

२० हजार ३ सय १६ मतदाता रहेको माछापुच्छे्रे गाउँपालिकामा १५ हजार १ सय ५१ मत खसेको थियो जसस्मध्ये अध्यक्षमा १३ हजार ७१८ मत सदर हुँदा १ हजार ४१३ मत बदर भएको छ । जसमा ९० मत सम्पुर्ण रुपमा बदर भएको छ । उपाध्यक्षमा १४६९ मत सदर हुँदा १ हजार ८१ बदर भएको छ ।

१८ हजार ७ सय ८२ मतदाता रहेको मादीमा १३ हजार ७ सय ४३ मत खसेको थियो । जसमध्ये अध्यक्षमा १२ हजार ५ सय ५३ मत सदर हुँदा १ हजार १ सय ९० मत बदर भएको छ । सम्पुर्ण रुपमा बदर मत भने ४३ रहेको छ । उपाध्यक्षमा ११ हजार ५ सय ८७ मत सदर हुँदा २ हजार १ सय ५६ मत बदर भयो । १४ हजार ६ सय ७५ मतदाता रहेको रुपा गाउँपालिकामा १० हजार ३ सय २४ मत खसेको थियो । अध्यक्षमा ९ हाजा ९ सय ७ मत सदर हुँदा ४ सय १७ मत बदर भएको छ । उपाध्यक्षमा ९ हजार ८ सय ४१ मत सदर हुँदा ४ सय ८३ मत बदर भएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->