आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

हप्तामा २ पटक मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दियो : ओली

हप्तामा २ पटक मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दियो : ओली


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १२ २०७९, बिहिबार

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय बढेको मूल्यवृद्धिलाई लिएर सरकारको आलोचना गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्दै ओलीले सरकारको चर्को आलोचना गरेको हुन् ।

ओलीले सरकारको आलोचना गर्दै भने, ‘मूल्य समायोजनको नीतिको सट्टा यसै महिनाको पहिलो हप्ता दुईपल्ट १०/१० रुपैयाँका दरले मूल्यवृद्धि गरिन्छ। जनतालाई धोका दिएर एक हप्ताभित्र २ पल्ट मूल्यवृद्धि गरिएको छ ।’

पेट्रेलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने निर्णय गर्नुको कारण खोजेका छन् । निजी क्षेत्रलाई कारोबारको जिम्मा दिएर आयाल निगमलाई ध्वस्त बनाउने खेलमा सरकार लागेको आरोप लगाए ।

‘३० गते भोट नमागुन्जेलसम्म चुप्प लागेर बस्ने, भोट खसाएको भोलिपल्ट मूल्यवृद्धिको डण्डाले हानिदिने जनतालाईरु ओलीले सरकारमाथि प्रश्न गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->