पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले युवाशक्तिलाई स्वदेशमै रहने वातावरण सिर्जना गरी रोजगारीका साथमा उत्पादन बढाउने र पारदर्शिताका साथ सुशासन कायम गर्न सकेमा मात्र शासन व्यवस्था सुदृढ र प्रभावकारी हुने बताएका छन् । लोकतन्त्र दिवसका अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश सरकार स्थापनादेखि नै सुशासन र समृद्धिका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।
२०६२÷६३ को आन्दोलन र त्यसअघिका राजनीतिक घटनाक्रमका प्रभावकै कारण नेपालमा २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट नेपालमा राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरिएको हो । त्यसैलेको उपलब्धिस्वरुप अहिले मलुकमा संघीय गणतान्त्रिक शासन व्यवस्था कार्यान्वयनमा आएको छ । उनले भनेका छन्, ‘पटक÷पटकका आन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको चुलीमा पु¥याउनु अहिलेको महत्वपूर्ण जिम्मेवारी हो ।’
भर्खरै मात्र स्थानीय तहको निर्वाचन सम्पन्न भएको र यहि वर्षभित्र प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने उल्ल्ेख गर्दै मुख्यमन्त्री पोखरेलले आवधिक निर्वाचन नै लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष रहेको बताएका छन् । संविधानसभामार्फत् बनेको संविधान र त्यसैमा टेकेर बनेका ३ तहका सरकारलाई अझ जनमुखी र प्रभावकारी बनाउने सबैभन्दा ठूलो शक्ति नै राजनीतिक दलहरुको प्रतिबद्धता रहेको उनले जनाएका छन् । उनले भनेका छन्, ‘कुनै पनि व्यवस्था सफलताको सूचक नागरिक सन्तुष्टि हो । यस सन्दर्भमा नागरिक समाज, निजी क्षेत्र, राजनीति दलसहित सम्पूर्ण देशवासी एकजुट भएर अगाडि बढ्न यस दिवसले हामी सबैलाई प्रेरणा मिलोस् भन्दै हार्दिक शुभकामना प्रकट गर्दछु ।’





