पोखरा/ पोखरामा शनिबारदेखि ब्रेकिङ बाउण्ड्रिज एमसिसी अन्तर विद्यालय छात्र–छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । पोखरा क्रिकेट एकेडमीको आयोजना तथा मेरोलिवोन क्रिकेट क्लव फाउण्डेशन युके र किडासा युकेको प्राविधिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको हो । आयोजक पोखरा क्रिकेट एकेडेमीका अध्यक्ष बविन कुँवरका अनुसार उद्घाटन खेलमा अम्मरसिंह माविले गगन सेकेण्डरी स्कुललाई पराजित गरेको छ । अर्को खेलमा त्रिभुवन माविले जनप्रकाश माविलाई पराजित गरेको छ । प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फ १४÷१४ टिमको सहभागिता रहेको छ ।





