बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पहरो काटेर आँबुखैरेनी-मुग्लिन सडक खुलाउने तयारी

पहरो काटेर आँबुखैरेनी-मुग्लिन सडक खुलाउने तयारी


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २७ २०७९, शुक्रबार
फाईल तस्वीर ।

दमौली / पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन-आँबुखैरेनी सडक भासिएको ठाउँमा पहरो काटेर अवरूद्ध पृथ्वी राजमार्ग खुलाउने तयारी भइरहेको छ।
तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार सडक विभागका इन्जिनियरहरूले पहरो काट्दा एक-डेढ मिटर चौडा बाटो बन्न सक्ने बताएपछि अहिले डोजरले काम गर्न थालेको छ।

‘पहरो काटेर बाटो निकाल्न काम भइरहेको छ। साँझसम्म साना गाडीहरू पास गराउन सकिन्छ कि भन्ने छ,’  अर्यालले भने।

मुग्लिन-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडकमा शुक्रबार बिहान सडक भासिएको थियो। सडक भासिएको ठाउँमा एउटा निजी कार र दुई जनाको शव फेला परेको छ।

आँबुखैरेनीबाट मुग्लिनतिर गइरहेको कार बिहान सडक भाँसिदा सँगै खसेजस्तो देखिएको प्रजिअ अर्यालले बताए।

प्रजिअ अर्यालका अनुसार ठूला गाडी पनि चलाउने गरी सडक कसरी बनाउन सकिन्छ भन्नेबारे अहिले विभागका इन्जिनियरले अध्ययन गरिरहेका छन्।

‘बेलिब्रिज हाल्ने कि के गर्ने भन्नेबारे उहाँहरूले अध्ययन गरेपछि मात्रै थाहा हुन्छ,’ अर्यालले भने,‘जे गर्ने भए पनि यो सडकमा ठूला गाडी चल्न केही दिन लाग्ने देखियो।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->