आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

कामको सम्मान गरौं : जिसस प्रमुख पौडेल

कामको सम्मान गरौं : जिसस प्रमुख पौडेल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

पोखरा/ जिल्ला समन्वय समिति कास्कीका नवनिर्वाचित प्रमुख लिलाधर पौडेलले काम र श्रमको कदर हुने अवस्था निर्माण गर्ने बताएका छन् । पौडेलले देशमा अनेकन परिबर्तनहरु भए पनि कृषकहरुका समस्या पूर्णरुपमा सम्बोधन हुन नसकेको स्वीकार्दै कृषकको मुद्दालाई योजनासहित अगाडि बढाउने उद्घोष गरे ।

प्रमुख पौडेल शनिबार पोखरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन संचालन समन्वय समिति कास्कीको तेश्रो साधारण सभा तथा अधिवेशनमा बोल्दै थिए । उनले कृषकहरुलाई पुर्ण व्यावसायिक बन्न आग्रह गर्दै समयमा मल ,बीऊ नपाउने समस्याको सदाका लागि अन्त्य गर्न पहल गर्ने दाबी गरे ।कार्यक्रममा गण्डकी प्रदेशका कृषि विकास निर्देशक बासुदेव रेग्मी ,पूर्वनिर्देशक बेनीबहादुर बस्नेत ,कृषि विज्ञ वीरेन्द्र हमाल, पोखरा महानगर कृषि तथा महाशाखा प्रमुख मनोहर कडरिया लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->