पोखरा/ भुजेल समाज सेवा समिति कास्कीले कास्कीका नवनिर्वाचित जनप्रतिनिधिहरुलाइ बधाई तथा सम्मान गरेको छ ।
पोखरा महानगरपालिका वडा न २२ स्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल ,भुजेल समाज सेवा समितिका निबर्तमान केन्द्रीय अध्यक्ष सूर्य भुजेल ,जिल्ला अध्यक्ष पूर्णबहादुर भुजेल लगायतले सम्मान गरेका थिए । सो कार्यक्रममा समाजका केन्द्रीय सचिब त्रिसन घर्ति ,पूर्वक्षेत्रीय सचिब राजकुमारी भुजेललगायएतले बोलेका थिए । समाजका कास्की जिल्ला अध्यक्ष पूर्ण बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन उपाध्यक्ष प्रेमबहादुर भुजेलले गरेका थिए ।





