बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षयकोष

जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षयकोष


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

पोखराको जनप्रिय मा.वि.मा ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।

जनप्रिय बहुमुखी क्याम्पसद्वारा आयोजित स्मृति दिवसमा स्व.गणेशमान पालिखेकी धर्मपत्नी गंगादेवीले परिवारका तर्फबाट ४ लाख रूपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेकी छन् ।

उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक र कर्मचारीलाई पुरस्कृत गर्ने उद्धेश्यले हेरक वर्ष पालिखेको स्मृति दिवसका अवसरमा प्रदान गर्ने गरी अक्षय कोष स्थापना गरिएको हो ।

निमित्त क्याम्पस प्रमुख कृष्णबाबु बरालले जनप्रिय क्याम्पसलाई मानित विश्वविद्यालयको प्रारूप बनाउन र विकासमा योगदान दिएको चर्चा गरे ।

वि.सं. २०६० सालमा त्रिभुवन विश्वविद्यालयको विविए कार्यक्रम उपत्यका बाहिर पहिलो पटक जनप्रिय क्याम्पसमा ल्याएका पालिखेले यसलाई गुणस्तरीय बनाउन सक्रिय रहेका थिए ।

विविएको उत्कृष्ट नजिताले नै जनप्रियलाई थप लोकप्रिय बनाएको बरालले बताए । समुदायले स्थापना गरेको क्याम्पसमा समुदायले दिएको जिम्मेवारी पालिखेले आफ्नो भौतिक शरीर रहँदासम्म इमान्दारितापूर्वक बहन गरे ।

उनमा नेतृत्व क्षमता र कार्य दक्षता थियो भन्ने पुष्टी गरेका थिए । विश्वविद्यालय अनुदान आयोगबाट दुई पटकसम्म गुण मापन तथा प्रत्ययानको प्रमाणपत्र पाउन र शिक्षा मन्त्रालयबाट दुई पटक मुलुक भरिका सामुदायिक क्याम्पस मध्ये उत्कृष्ट पुरस्कार प्राप्त गर्न सफल क्याम्पसको मेरुदण्डका रूपमा पालिखेले खेलेको भूमिका स्मरण गर्न लायक छ ।

स्वर्गीय पालिखेको संझनामा विविए तथा पुस्तकालय भवनलाई गणेशमान पालिखे स्मृति भवन नामाकरण यसअघि नै गरिएको जानकारी प्रशासक महादेवकुमार पालिखे जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->