आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

सुशासनयुक्त स्थानीय तह बनाऔं : कांग्रेस उपसभापति खड्का

सुशासनयुक्त स्थानीय तह बनाऔं : कांग्रेस उपसभापति खड्का


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २९ २०७९, आइतबार

बागलुङ/ नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काले सुशासनयुक्त स्थानीय सरकार बनाउन निर्वाचित जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।
कांग्रेसबाट निर्वाचित नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष तथा सदस्यहरुको लागि आयोजित स्वागत, सम्मान तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै खड्काले हरेक जनप्रतिनिधिले म पार्टीको प्रतिनिधि हुँ भनेर काम गर्नुपर्ने बताए ।

उनले पार्टीको नेता, कार्यकर्ता, आफ्ना प्रतिष्पर्धीसहित मनको भगवानलाई समेत साछी राखेर निर्णय गर्न पनि आग्रह गरे । ‘मैले चुनाव जितेको हुँ, अब मलाई कसैले केही गर्न सक्दैन भन्ने सोच राखियो भने भ्रष्टाचार र मनपरीतन्त्र बढ्छ’ उनले भनिन्, ‘लोभ, डर र इश्र्याबाट मुक्त भएर संविधान र कानून पालना गर्ने पात्रको रुपमा चिनिनुहोला ।’ उनले कार्यकर्ताको भावना बिपरित काम गर्ने, नीति र संविधान उल्लंघन गर्ने र सुशासनमा बस्न नसक्नेलाई पार्टीले मात्र नभई जनताले समेत कारवाही गर्ने बताए ।

जनमतको विश्वास बिर्सन नहुने उनले कार्यकर्ता र जनप्रतिनििधलाई सुझाए । कार्यक्रममा केन्द्रीय सदस्य प्रदिप पौडेलले अघिल्लो स्थानीय निर्वाचनमा भन्दा यो पटक कांग्रेसको मत र पदाधिकारी संख्या बढेको भन्दै साख जोगाएर आगामी निर्वाचनमा एकल बहुमत लयउने गरी काम गर्न सुझाए । उनले अहिले पनि देशको ठूलो दल बन्नुको नाताले सबैको अभिभावक बन्नुपर्ने समेत बताए ।

कांग्रेसले गत स्थानीय निर्वाचनमा निर्वाचित भएका सबै जनप्रतिनिधि र निर्वतमान भएका स्थानीय तहका पदाधिकारीलाई सम्मान गरेको थियो । निर्वाचनअघि सबै पालिकामा खटाएको अनुगमन टोलीका प्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य चम्पा खड्का, जिल्ला सभापति जितबहादुर शेरचन, पूर्व सभापतिहरु दिपेन्द्रबहादुर थापा, प्रकाश पौडेलले बोलेका थिए । कार्यक्रम जितबहादुर शेरचनको अध्यक्षता र सचिव गण्डकी थापाको संचालनमा सम्पन्न भएको थियो । दुइ दिनसम्म चल्ने प्रशिक्षणमा कार्यकर्ता सदरमुकाममा छन् । उक्त अबसरमा एक घर एक कांग्रेस अभियानको खड्काले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->