कुनै पुस्तक चाखेमात्र पुग्छ । कुनै किताबलाई निल्नुपर्छ । अनि कुनै किताबलाई चाहिँ चपाएर पचाउनुपर्छ । यो भनेको के हो भने कुनै किताबका केही पेज पढे मात्र पुग्छ । कुनै किताब उस्तो ध्यान नदिइ पढे हुन्छ । कुनै किताब चाहिँ परिश्रम गरेर, एकाग्र भएर पूरै पढ्नुपर्छ ।
पत्रकार एवं लेखक मोहन मैनालीद्धारा अनुवादित कृति आकाशमुखीको ‘पढाइबारे’ निबन्ध शीर्षकको सानो अंश हो यो । यसको अर्थ रहन जान्छ, सबै पुस्तकका फरकफरक महत्व रहन्छन् जिन्दगीमा । पुस्तकको कुन तहको गहिराइमा पुग्ने भन्ने पुस्तकको केही पाना पल्टाउँदा नै मेसो मिलिहाल्छ । कुनै पुस्तक पढ्दापढ्दा बीचैमा छाडिहाल्छौं । कुनै पुस्तकले अन्तिमसम्म मज्जाले तानिदिन्छ र हामी एक बसाइँमै सिध्याइदिन्छौं । यता कुनै पुस्तकले भने मस्तिष्कमा लामो समयसम्म राज गरिरहन्छ । अझ भनौं कुनै पुस्तकका पात्रहरु मनमै आँगनमा खेलिरहन्छन् लामो समयसम्म । हो त्यस्तै एक प्रिय पुस्तक बन्यो, ‘दि भेजिटेरियन’ ।
दक्षिण कोरियाली साहित्यकार हान काङद्धारा सन् २००७ मा लेखिएको यस उपन्यास सन् २०१५ मा अङ्ग्रेजी भाषामा अनुवाद गरिएसँगै यसको चर्चा विश्वभर चुलिएको थियो । विभिन्न प्रतिष्ठित साहित्य पुरस्कारहरुबाट सम्मानित भएकी उनले यसै पुस्तकबाट सन् २०१६ को विश्वप्रसिद्ध साहित्य पुरस्कार ‘दि म्यान बुकर इन्टरनेश्नल प्राइज’ पाएकी थिइन् । उपन्यास प्रकाशित भएको करिब १५ वर्ष बितिसक्दा पनि आजको दिनमा यस पुस्तकले पाठकहरुमाझ उतिकै चर्चा कमाउन सक्नु सानोतिनो कुरा भने पक्कै हैन । आज कुरा गरौं यसै चर्चित उपन्यासको ।
विषयवस्तुः
उपन्यासलाई लेखकले तीन भागमा विभाजन गरेका छन् । पहिलो अंश हो ‘दि भेजिटेरियन’ । उपन्यासको मुख्य पात्र हुन् इयोङ हाइ । उनी एक सामान्य महिला हुन् । माइतमा बुबाको छोरीदेखि विवाहित पश्चात घरमा श्रीमानका लागिश्रीमतीकी रुपमा भूमिका निभाएकी हुन्छिन् । सानैदेखि बुबाको कठोर व्यवहार, बोली र रुष्ठ गाली खेपेकी उनले विवाहपछि पनि श्रीमानको दमन र अत्याचार भोग्न बाध्य हुन्छिन् । मांसाहारी उनले सपनामा शाकाहारी भएको सपना देख्छिन् । जनावरहरुको क्रुर हत्या गरेर राक्षसी पेट भरेका हुन्छन् मानवले । सपना देखेको भोलिबिहानबाट नै उनको कुनै पनि जनावरको मासुप्रतिको रुचि मर्छ । अनि परिवर्तन देखिन्छन् उनले गर्ने हरेक क्रियाकलाप र व्यवहारहरुमा । उनका श्रीमान मिस्टर चियोङ उनमा देखिएका परिवर्तनहरुका मूल कारण बुझ्न कोसिस गर्नुको सट्टा उनीमाथि दुव्र्यवहार गर्छन् ।
महिनौ बित्छ । इयोङ हाइले कुनै पनि मासुका परिकारहरु खाँदिनन् । भात र किम्ची मात्र खान्छिन् । निद्रा, भोक र प्यास विस्तारै उनीबाट हट्दै जान्छन् र हट्छ पारिवारिक सम्बन्धको रुचि । शारीरिक कमजोरीसँगै मानसिक कमजोरी उनीमा देखिन्छन् तर यस बारे बुझ्ने र जान्ने इच्छा न उनको श्रीमानमा हुन्छ न उनको घरपरिवारमै । बरु उल्टै एक रात रक्सी पिएर मातेका श्रीमानले उनलाई जबर्जस्ती बलात्कार गर्छन् । इयोङ हाइ चुपचाप स्वीकार्छिन् । अनि यो दुव्र्यवहार निरन्तर चलिरहन्छन् । यसैबाट विछिप्त बनेकी उनी झन् कठोर बन्दै जान्छिन् ।
एकदिन पारिवारिक जमघटमा उनकी बहिनी इन हाइले उनलाई जबर्जस्ती माछा खुवाउन खोज्छिन् । यता उनका बुबाले पनि बंगुरको मासु उनलाई मुखमै कोचिदिने प्रयास गर्छन् । जसोतसो उम्केर उनले नजिकैको चक्कुले आफ्नो हातमा चक्कुले प्रहार गर्छिन् । अनि उनलाई अस्पताल पु¥याइन्छ ।
अस्पतालमा पनि उनको त्यहीँ अजीव व्यवहारहरु रोकिँदैन । कसैसँग नबोल्ने, टोलाइ मात्र रहन्छिन् । निवस्त्र अस्पतालको बगैँचामा उनी घाम तापिरहन्छिन् । अनि कल्पना गर्छिन्, घामको किरण र पानीबाट बाँच्ने रुखझैं जीवितमानव शरीर । उनमा नितान्त प्रकृति प्रेम भरिसकेको हुन्छ अंगअंगमा । उनी कसैका केही सुन्ने पक्षमा हुँदैनन् । उनकी श्रीमानले बयान दिएको यस अंशमा उनको मनको भावना, चाहना र विचार नसुनी उनीमाथि विभेद गरेका हुन्छन् । अन्त्यमा उनका श्रीमानले उनको साथ छोडिदिन्छन् ।
दोस्रो अंकको शीर्षक छ ‘मंगोलियन मार्क’ । अर्थात मंगोलियन चिन्ह । यस अंकमा उनकी देवर अर्थात उनकी बहिनी इन हाइका श्रीमानले वर्णन गरेका छन् । उनी एक भिडियोग्राफर हुन् । दुई जना मानिसहरुका नग्न शरीरमा पूmलको पेन्टिङ गरेर उनीहरुबीच हुने योन क्रियाकलापलाई भिडियोमा उतार्ने उनको सपना हुन्छ ।
उनीहरुका छोरा जि ओ को शरीरमा जन्मजात हुने कोठी रहेको उनकी आमा इन हाइले थाहा पाउँछिन् । यस्तै कोठी उनकी दिदी अर्थात इयोङ हाइको शरीरमा अझै पनि रहेको कुरा उनले श्रीमानलाई सुनाउँछन् । अनि उनी त्यहीँ दिनदेखि इयोङ हाइसँग उनले कल्पना गरेको भिडियो कैद गर्ने सपना बुनेर बस्छन् । यहीँ कल्पनामै रमाइरहेका उनी यो प्रस्ताव इयोङ हाइ समक्ष राख्छन् । सुरुमा त पूmलले पेन्टिङ शरीरको भिडियो मात्र कैद गर्ने सहमति हुन्छ । तर स्त्रीसँग लिप्त भएका त्यस पुरुषले इयोङ हाइसँग यौन सम्बन्ध गर्न लालयित हुन्छन् । पूmलले चित्रले रंगिएको शरीर देखेपछि इयोङ हाइले पनि उनको प्रस्ताव सजिलै स्वीकार्छिन् । अनि त्यस पुरुषले पूरा गर्छन् आफ्नो यौन रहरहरु ।
तेस्रो र अन्तिम भाग प्रस्तुत गरेका छन् उनकी बहिनी इन हाइले । आफ्नै दिदीलाई श्रीमानसँग अनैतिक क्रियाकलाप गरेको भेटेपछि उनले श्रीमानसँगको सम्बन्ध तोडिदिन्छिन् । तर बिग्रिरहेको स्वास्थ्य देखेर भने आफ्नी दिदीलाई स्याहारसुसार गर्न भने उनी लागिरहन्छिन् । यता इयोङ हाइ भने हत्या, हिंसा र अन्याय गर्ने तमाम मानवहरुको समुदायबाट टाढा प्रकृतिसँगै घुलमिलिसकेकी हुन्छिन् । अनि बनिसकेकी हुन्छिन् रुखजस्तै शान्त, शील र अटल । उनका भावना, विचार र रहरलाई कसैले हलचल गर्न सक्दैन । शाकाहारी बन्नुपर्छ भन्ने मात्र सन्देश उनले दिएकी छैनन्, शाकाहारी रुखबिरुवा र जनावारजस्तै प्रेम, ममता र एकताको संसारमा बाँच्न उनले प्रेरणा दिएकी छिन् । हत्या, हिंसा र अत्याचार नगर्ने ती जंगलका रुखबिरुवाजस्तै मानवले भरिएका संसार पनि शान्त संसार बनिदिए कसो हुँदो हो, उनी घोत्लिरहन्छिन् ।
विश्लेषणः
यो सिंगो उपन्यास शाकाहारी भोजन र जीवनको बारेमा मात्र केन्द्रित छैन् । यसै विषयलाई मियो बनाएर धेरै विषयहरुको उठान उपन्यासले गरेको छ । यस उपन्यासकी मुख्य पात्र इयोङ हाइको दबिएको आवाज, उनीमाथि भएको शारीरिक र मानसिक अत्याचार, शोषण र हिंसा एवं उनको मनोभाव बुझ्न नसक्ने समाजले सिंगो नारी जगतको तीतो वास्तविकता बोलेको छ । उनको वास्तविक पीडा, व्यथा र रहरहरु सुन्ने, बुझ्ने र मनन गर्ने फुर्सद कसैसँग भएन वा कसैले जरुरी ठानेनन् । सजीव भइकन पनि उनको मनभाव नबुझ्ने भएकाले नै उनी अटल र शालिन रुख बन्न खोजेकी हुन् कि ?हाम्रो समाजमा नारीलाई कसरी दबाएर, होच्याएर र निम्न स्तरमा राखिन्छ, उपन्यासबाटै प्रष्ट हुन्छ । जन्मघरमा बुबाको अन्यायदेखि घरमा श्रीमानको अत्याचार र देहोरको शारीरिक शोषण र खेलौना बन्न बाध्य नारीहरुको प्रतिनिधित्व गरेकी छिन् उनले । यो कोरिया, नेपाल वा कुनै देशको यर्थाथतामात्र हैन, सिंगो विश्व जगतको वास्तविकता हो यो ।
यता उपन्यासकारले मुख्य पात्रले सपना देखेको भरमै शाकाहारी मानव बन्नका लागि आफ्ना परिवारबाट अपहेलना, तिरस्कारदेखि सम्बन्ध विछेदसम्म विम्बका रुपमा देखाएका छन् ।परिवारका लागि असल सदस्य, श्रीमानका लागि असल श्रीमति बनिदिन उनले जति बलिदान दिइन्, त्यसको कदर हुँदैन । अरुलाई खुसी तुल्याउन उनले जति आफ्ना मनका रहर र चाहनाहरु त्यागिन्, त्यसको कुनै हिसाब छैन । उनले आफ्ना रहर र चाहनाका विषयमा मात्र अडिग भएर लागिनन्, उनले त सिंगो मानवताको विषयमा गौण रुपमा बोलेकी छिन् ।
इयोङ हाइको शाकाहारी भोजन र व्यवहारप्रतिको अडिगलाई दुई कोणमा विश्लेषण गर्न सकिन्छ । पहिलो ः सबैको शारीरिक शरीर एकदिन नासिएरै जान्छ । कुनै कुराको विरुद्धमा उठ्न जब आवाज निर्बलियो र शब्द वा बोली निरर्थक रहन्छ, तब सत्यलाई उचागरण गर्नका लागि भोग हडताल, धार्मिक वा राजनीतिक सहिद वा कोही आत्महत्या गर्न समेत बाध्य हुन्छन् भन्ने सत्यलाई देखाइएको छ । दोस्रो ः उनी मर्नभन्दा पनि आम मानिसले बाँच्ने जीवनभन्दा फरक तरिकाले बाच्न चाहन्छिन् । हिंसा, अन्याय र अत्याचार बिहीन समाजमा । कुनै जनावरको मासुको रुचि नहुनु, प्रकतिजस्तै निवस्त्र बन्न खोज्नु, रङहरुको समिश्रमले पूmलझैं रंगीन खोज्नु र रुखबिरुवाजस्तै शालिन र शील हुन खोज्नुले प्रकृति, जीवजन्तुप्रतिको प्रेम र सद्भावलाई प्रस्तुत गरेको देखिन्छ । मानवता शून्य यो संसारमा मानवले प्रकृतिबाट कहिले सिक्ने ? हामी मानव वास्तवमै मानव कहिले बन्ने ? यी यावत् प्रश्नहरुका उत्तर खोज्छन् उपन्यासमा । आफ्नो स्वार्थपूर्तिका लागि मानवकै हत्या, हिंसा, अन्याय, अत्याचार र लोभ लालचलाई उनले चुपचाप कुनै शब्दहरु नफलाकी विरोध गरिरहन्छिन् । उनी मर्न चाहेकी पक्कै हैनन, हामी मानव जसरी अरुलाई मारेर, हत्या गरेर आफ्नो जीवन बाच्ने संसारबाट टाढा हुन मात्र खोजेकी हुन् ।
उपन्यासको अन्त्यमा उनले आपूm कुनै हिंस्रक मानव नभएको र रुखबिरुवाले झैं सूर्यको प्रकाश र पानीकै भरमा बाच्ने बताएकी हुन्छिन् । अनि देखाउँछिन् त्यस्तै व्यवहारहरु । यसको अर्थ कुनै पनि सजीव प्राणीलाई हत्या गरेर हाम्रो पेट भर्नलाई हाम्रो शरीर बनेको हैन । हत्या, हिंसा, अन्याय र अत्याचार बिहीन संसार कति सुन्दर बन्दो हो ? उपन्यासले मिहीन ढंगले सोच्न बाध्य पार्दछ ।
यसरी शांकाराही भोजन, प्रकृति र जीवजन्तुको संरक्षण, महिलाले भोग्नु पर्ने अन्याय, अत्यचार तथा उनीहरुको अधिकार लगायत विभिन्न विषयहरु उठान गरेको यस उपन्यास पढिरहँदा अन्तिमसम्म मज्जाले तान्छ । कति ठाउँमा यौनका कुराहरु धेरै नै गरिएको भान पनि हुन सक्छ । झिँजो लाग्न सक्छ तर सम्रगमा यो पुस्तक पठनीय छ । विभिन्न भाषाहरुमा अनुदित यस पुस्तकले दशकौंसम्म छुट्टै साख जोगाइराख्नेमा कुनै दुई मत छैन ।





