समग्र गण्डकी प्रदेशलाई नेचुरल हस्पिटलको रुपमा विकास गरेर पर्यटकलाई योग तथा ध्यानतर्फ आकर्षण गर्ने गरी प्रवद्र्धन तथा ब्रान्डिङ गर्न सकिन्छ ।
पोखराको दीगो पर्यटन विकासको लागि पर्यटन उद्यमशीलताको विकास गर्दै ह्युमन फ्रिडम टुरिज्मको अवधारणासहित पर्यटन प्रवद्र्धन गर्ने र स्वयम् व्यक्ति, व्यवसाय र समुदाय नै असल बन्ने संस्कारको थालनी गर्नु आवश्यक छ । प्राकृतिक वातवरणसँग साक्षात् हुने अग्र्यानिक खाद्यवस्तु, सेवासुविधा र गतिविधिमा जोड दिनुपर्छ । सहिष्णुता र सहअस्तित्वका साथ अब आध्यात्मिक पर्यटन पनि एउटा बलियो विकल्प हुन सक्छ, हाम्रो मानवीय मूल्यमान्यता र परम्परागत व्यवहारहरू पनि पर्यटनमा समावेश गर्न सकिन्छ । समग्र गण्डकी प्रदेशलाई नेचुरल हस्पिटलको रुपमा विकास गरेर पर्यटकलाई योग तथा ध्यानतर्फ आकर्षण गर्ने गरी प्रवद्र्धन तथा ब्रान्डिङ गर्न सकिन्छ । योग, ध्यानलगायतका प्राकृतिक चिकित्साका लागि उपयुक्त ग्रामीण पर्यटकीय गन्तव्यसम्म पुग्ने गरी यातायात पूर्वाधारको विकासमा जोड दिनु आवश्यक छ । अन्तर्राष्ट्रिय पर्यटक आकर्षणका लागि सन् २०२१ देखि अराइभल भिसा निःशुल्क गर्ने सन्देशसहित समग्र नेपाललाई प्रवद्र्धन गर्नुपर्ने देखिन्छ । पोखराको पर्यटनलाई चलायमान बनाउन अन्तर्राष्ट्रियस्तरको गल्फ प्रतियोगिता, म्याराथन, क्रिकेट, फुटबललगायतका खेलहरूको आयोजना गरेर पनि प्रवद्र्धन गर्ने प्रयास गर्नु आवश्यक देखिन्छ । पर्यटकलाई फोकस गरी पर्यटकीय इभेन्टका रुपमा अन्तर्राष्ट्रियस्तरमा पोखरा मेयर साइक्लिङ, ट्राथलन प्रतिस्पर्धालगायतका पर्यटनमैत्री खेलको आयोजना गरी प्रवद्र्धन गर्नु सान्दर्भिक देखिन्छ ।
चुनौतीहरु
पोखराको आर्थिक गतिविधिको एक महत्वपूर्ण क्षेत्र भनेको पर्यटन नै हो । यसर्थ, अति प्रभावित रहेको पोखराको पर्यटन व्यवसायलाई आवश्यक गति दिन उपयुक्त ब्रान्डिङसहित प्रवद्र्धन गर्नु आवश्यक छ । विशेषगरी पर्यटकसँग प्रत्यक्ष जोडिने यातायात, खाना तथा आवास, सेवासुविधा र गतिविधि, पर्यटकीय सेवा तथा उपजको विकास एवम् विविधिकरण र पर्यटन प्रवद्र्धनका लागि ब्रान्डिङ एवम् बजारीकरणजस्ता विषयको विश्लेषण गर्ने प्रयास यहाँ गरिएको छ ।
सबल पक्ष र अवसरहरू
- पोखरामा पर्यटकहरूको पदयात्रा एवम् भ्रमण प्रबन्ध मिलाउन २०३ ट्राभल एजेन्सी र १५९ ट्रेकिङ एजेन्सीलगायतका विभिन्न पूरक सेवा प्रदायक व्यवसाय सञ्चालनमा रहेको अवस्था ।
- पोखराबाट काठमाडौं, चितवन र लुम्बिनीसम्म नियमित यात्रा गर्न स्तरीय पर्यटक बस सेवा सञ्चालनमा रहेको अवस्था ।
- पर्यटकलाई पोखरा क्षेत्रमा दृश्यवलोकन गराउन ७२ वटा साना तथा मझौला पर्यटक वाहन संस्थागत रुपमा सञ्चालनमा रहेको अवस्था ।
- पोखराबाट काठमाडांै, भरतपुर, भैरहवा र जोमसोमसम्म नियमित दैनिक हवाईसेवा सुचारु रहेको अवस्था ।
- पर्यटक आवासका लागि ६५० पर्यटकीयस्तरका होटल एवम् स्वदेशी तथा विदेशी खानाका परिकार खुवाउने १५० पर्यटकीयस्तरका रेस्टुराँ सञ्चालनमा ।
- पोखराबाट काकरभिट्टा, विराटनगर, जनकपुरm वीरगञ्ज, सुनौली, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर एवम् भारतको दिल्लीसम्म स्तरीय दिवा तथा रात्रि बससेवा सञ्चालनमा रहेको ।
- पोखरा उपत्यका आसपासका परम्परागत ग्रामीण बस्तीहरूमा स्थानीय जनजीवन र जीवनशैलीको अध्ययन–अवलोकन गर्न घरबास पर्यटन सेवा सञ्चालनमा रहेको अवस्था ।
कमजोर पक्ष र चुनौतीहरू - कोभिड महामारीसँगै शून्यमा झरेको पर्यटक आगमनका कारण ६० प्रतिशत मजदुर र ३० प्रतिशत व्यवसायी पर्यटन व्यवसायबाटै पलायन भएको अवस्था ।
- पोखरादेखि ग्रामीण पर्यटकीय केन्द्रसम्म जोड्ने पक्की एवम्सुरक्षित सडक निर्माण नभएकोर नियमित यातायातको अभाव रहेको अवस्था ।
- पर्यटन क्षेत्रमा कार्यरत मजदुरको संकट व्यवस्थापनका लागि राज्यको, स्थानीय एवम् सम्बन्धित तहको सरकारको यथोचित ध्यानाकर्षण गराउन नसकिएको ।
सेवा सुविधा र गतिविधिहरू - पोखरा भ्रमणमा आउने पर्यटकलाई आवास सुविधाका लागि प्रतिरात १९,३४० बेड तथा विभिन्न स्वदेशी एवम्विदेशी परिकार खुवाउने पर्यटक स्तरीय रेस्टुराँहरू पर्याप्त छन् ।
- नेपालमा लामो तथा छोटा दूरीका पदयात्रा एवम् विदेशमा समेत भ्रमण व्यवस्थापन र सञ्चालन गर्न आवश्यक जनशक्तिसहितका २०३ ट्राभल र १५९ ट्रेकिङ कम्पनी सञ्चालनमा छन् ।
- ताल, हिमाल र पहाडी उपत्यकाको दृश्यवलोकनसहित साहसिक हवाई उडान प्याराग्लाइडिङको प्रतियोगितात्मक एवम्मनोरञ्जनात्मक कार्यका लागि पोखरा नेपालको एक मात्र उत्कृष्ट स्थान मानिन्छ ।
- ताल, गुफा, नदी, हिमाल, सूर्योदय, वनजंगल, परम्परागत ग्रामीण बस्तीसहितका डाँडा वा थुम्काका साथै धार्मिक तथा सांस्कृतिक दृश्यवलोकनका लागि उपयुक्त स्थान यहाँ प्रशस्त छन् ।
- राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता जस्तै ः अन्नपूर्ण, पोखरा म्याराथन, आहा रारा फुटबल, राष्ट्रिय भलिबल तथा गल्फलगायतका प्रतिस्पर्धात्मक खेलकुद आयोजना हुँदै आएको अवस्था ।
- पोखराको पर्यटन प्रवद्र्धनका लागि राष्ट्रियस्तरको व्यापार तथा औद्योगिक मेला, पोखरा स्ट्रिट फेस्टिभल, फेवा नव वर्ष महोत्सव, जाऊँ है पोखरा, पोखरा रोपाइँ महोत्सवलगायतका कार्यक्रम आयोजना भइरहेको ।
कमजोर पक्ष र चुनौतीहरू - विगतमा सुरु भएका कतिपय खेलकुद प्रतियोगिता एवम्साहसिक गतिविधिहरू नियमित हुन नसकेको ।
- पोखराका फेवा तथा बेगनास तालमा डुंगा सयर गर्दा पटकपटक दोहोरिने दुर्घटनाले जोखिम बढ्दै गएको अवस्था ।
- प्याराग्लाइडिङ उडान गर्दा पटकपटकको दुर्घटनाले साहसिक हवाई उडानमा जोखिम बढ्दै गएको अवस्था । ड्ड संख्यात्मक रुपमा बढ्दै गएका पर्यटकीय सेवा प्रदायकहरूबीच अस्वस्थ प्रतिस्पर्धाले मूल्यह्रासको अवस्था ।
- तालिमप्राप्त अनुभवी जनशक्तिलाई पोखराको पर्यटन बजारले थेग्न वा सन्तुष्ट राख्न नसक्दा योग्य जनशक्तिको अभाव झेल्नुपरेको अवस्था ।
- आतीथ्य सेवा, आवास सुविधा तथा खानाको उपयुक्त मापदण्ड र अनुगमनको अभावमा गुणस्तरीय पर्यटनमा ह्रास आइरहेको स्थिति ।
पूर्वाधार एवम् उपजको विकास र विविधिकरण - अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, विश्व शान्ति स्तुपलगायतका पर्यटकीय आकर्षणका पूर्वाधार बनेका र पुम्दीमा विशाल शिवमन्दिर र काहुँमा बुद्ध मण्डल बन्दै गरेको अवस्था ।
- स्थानीय समुदायको पहलमा पोखरा क्षेत्रका विभिन्न स्थानमा परम्परागत मेला तथा महोत्सव आयोजना गरी धार्मिक, सांस्कृतिक तथा ग्रामीण उत्पादनलाई प्रवद्र्धन गर्ने प्रयास भएको ।
- फेवा किनारका हिमगृह, रत्नमन्दिर, बसुन्धारा पार्क, कामागाने पार्कलगायत महानगर क्षेत्रमा रहेका सार्वजनिक भवन तथा जग्गालाई पर्यटकीय आकर्षणका जैविक विविधता केन्द्र एवम् उपयुक्त पार्क बनाउन सकिने अवस्था ।
- पोखरा क्षेत्रमा विभिन्न समुदायका परम्परागत सघन बस्तीहरूमा घरबास पर्यटन कार्यक्रममार्फत्ग्रामीण कृषि पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने ।
- स्थानीयको सहभागितामा पानीका स्रोतहरू ताल, पोखरी, नदी, खोला, कुवा, धारा, छहरा एवम्सिमसार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरी ग्रामीण कृषि तथा साहसिक पर्यटन प्रवद्र्धन गर्न सकिने
- पोखरामा राष्ट्रिय सांस्कृतिक महोत्सवको आयोजना गरी स्थानीय परम्परागत संस्कृति, खेलकुद, कृषि उत्पादन र हस्तकलाका उत्पादनलाई प्रदर्शन, प्रवद्र्धन र प्रोत्साहन गर्ने सम्भावना रहेको छ ।
- पोखरा प्रवेश गर्ने स्थानमा यहाँको पर्यटकीय सम्पदा झल्कने प्रवेशद्वार एवम् पर्यटन सूचना केन्द्रसहित बृहत्सांस्कृतिक संग्रहालय निर्माण गरी थप आकर्षण बढाउन सकिन्छ ।
- घरेलु तथा हस्तकलाका उपाहारजन्य सामग्री उत्पादन गरी यस क्षेत्रमा उद्यमशीलताको विकास गर्न सकिन्छ (स्थानीय समुदायलाई दक्ष जनशक्तिमार्फत्तालिम प्रदान गर्नुपर्ने) ।
- पोखरा उपत्यकाको चारैतर्फका डाँडाका धुरी वा टाकुरा हुँदै रिजलाइन पदमार्ग विकास गर्न उपयुक्त स्थानमा हिलस्टेसन विकास गर्न सकिने अवस्था ।
- पोखरा क्षेत्र नेपाली लोकसंस्कृतिका बाहक गन्धर्वलगायत गुरुङ, मगर, ब्राह्मण, क्षेत्री, नेवार समुदायको बासस्थान भएकाले सांस्कृतिक विविधताको आकर्षण ।
- पोखरा उपत्यकाको तालवरिपरि वा जलाधार क्षेत्रमा वनजंगल भएकाले वानस्पतिक हरियाली एवम् विभिन्न चराचुरुंगीको बासस्थानका कारण प्राकृतिक रुपमै रमणीय वातावरण ।
कमजोर पक्ष र चुनौतीहरू - प्राकृतिक तथा सांस्कृतिक सम्पदास्थल वरिपरि भू–उपयोग योजना, इन्जिनियरिङ तथा सर्वेक्षण र डिजाइनबिना नै बनेका संरचना वातावरणमैत्री नहुनाले सुन्दरतामा ह्रास आउँदै गएको अवस्था ।
- पोखरामा रहेका ताल, सिमसार र सार्वजनिक जमिनको संरक्षण एवम् व्यवस्थापन गर्नेतर्फ सम्बन्धित सरोकारवालाबीच नीतिगत ठोस पहल र कार्यक्रमको अभाव ।
- पोखरा धार्मिक तथा मन्दिर क्षेत्रमा पर्यटन विकास र प्रवद्र्धन गर्न स्थानीय सरकार, सम्बद्ध कार्यालय र महत्वपूर्ण सम्पदाहरूको व्यवस्थापन समितिहरूबीच समन्वय एवम्सहकार्य अभाव ।
- यस क्षेत्रका छहरा, गुफा, पहरा, ऐतिहासिक मन्दिर, दरबारको भग्नावशेष आदिको संरक्षण, व्यवस्थापन र सौन्दर्यीकरण गरी पर्यटन विकास गर्न आवश्यक अध्ययन–अनुसन्धान र अग्रसरताको अभाव ।
- पोखरा क्षेत्रमा ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरू भएर पनि नेपाल सरकार पुरातत्व विभागको यथोचित ध्यानाकर्षण नहुनाले त्यसको व्यवस्थापन गर्न नसिएको ।
- पोखरा उपत्यकामा रहेका तालहरूको जलाधार क्षेत्रका खेतीयोग्य जमिनमा रासायनिक मललगायत विषादीको प्रयोगका कारण जलचरहरू, मूलतः माछाका प्रजाति उच्च जोखिममा । ब्रान्डिङ र बजारीकरण
- पोखराको पर्यटन व्यवसायसम्बद्ध संघसंस्था एवम् नेपाल सरकारका सम्बन्धित निकायहरूबाट समेत विगतमा पोखरालाई ब्रान्डिङ गर्ने प्रयास गरिएको ।
- विगतमा पोखरा पर्यटन परिषद्बाट ‘पोखरा इज एन युनिक डेस्टिनेसन’, ‘प्याराडाइज पोखरा’, पश्चिमाञ्चल क्षेत्रीय होटल संघ पोखराद्वारा ‘पोखरा पियोर एन्ड पर्फेक्ट’ जस्ता नाराबाट ब्रान्डिङको प्रयास गरिएको ।
- गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डबाट समग्र गण्डकी प्रदेशलाई ‘ग्लोरिअर्स पोखरा’ बाट ब्रान्डिङको प्रयास भएको ।
- अन्नपूर्ण पदमार्गको प्रवेश तथा विश्राम स्थल भएकोले साहसिक पदयात्रीका लागि अन्तर्राष्ट्रिय पर्यटन बजारमा ‘पोखरा फर एड्भेन्चर’ का रुपमा ब्रान्डिङ हुँदै आएको ।
- पोखरालाई पर्यटन ब्रान्डका रुपमा प्रस्तुत गर्न उपयुक्त प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटकीय सम्पदाहरू उपलब्ध रहेको ।
- विगतका संस्थागत प्रयास र उपलब्ध प्राकृतिक स्रोत–साधन तथा सरोकारवालाहरूको छलफलबाट पनि प्याराडाइज्ड पोखरामार्फत्पर्यटनलाई ब्रान्डिङ गर्नु उपयुक्त देखिएको ।
कमजोर पक्ष र चुनौतीहरू - पोखराको पर्यटन ब्रान्डका बारेमा आ–आफ्नो सोच भएकाले प्रवद्र्धनका लागि सबै व्यवसायी संस्थाहरूको सहमति एवम्ऐक्यवद्धताको अभाव ।
- पोखराको पर्यटन ब्रान्डलाई आत्मसाथ गरी प्रवद्र्धनात्मक सामग्रीहरूको निर्माण तथा प्रचारप्रसार गर्न नसकिएको अवस्था ।
- पोखरामा रहेका समग्र पर्यटकीय उपज तथा सम्पदाको बारेमा यथार्थ जानकारी एवम् उपलब्ध प्राचीन किंवदन्ती र यसको वस्तुस्थितिलाई झल्काउने गरी परिचयात्मक पुस्तिका, पर्चालगायतका प्रवद्र्धनात्मक सामग्री प्रकाशन हुन नसकेको ।
- पोखराको पर्यटन प्रवद्र्धनमा स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड एवम् निजी क्षेत्रका उद्योग वाणिज्य, पर्यटन विकासमा संलग्न सामुदायिक तथा व्यवसायी संघसंस्थाहरूबीच प्रवद्र्धनात्मक कार्यक्रममा सहकार्यका लागि आवश्यक अग्रसरता अभाव ।
- राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूमार्फत् पोखराको पर्यटन ब्रान्ड तयार गरी प्रवद्र्धन गर्ने कम हुन नसकेको ।
- पर्यटक टुर गाइड तथा व्यवसायीको जानकारीका लागि पोखरामा रहेका पर्यटकीय आकर्षणबारे विस्तृत जानकारीमूलक उपजकोविवरण पुस्तिका प्रकाशन हुन नसकेको ।
- पोखरामा पर्यटकीय आकर्षणका रुपमा रहेका ताल, नदी, खोँच, गुफा परिसरमा आवश्यक सरसफाइ, व्यवस्थापन र संरक्षण सम्बन्धी आवश्यक जनशक्ति, सामग्री तथा आधुनिक उपकरणको अभाव ।
- पोखरा उपत्यकामा रहेका तालकिनारा नजिकैका स्थानमा बस्ती विकाससँगै वातवरणीय प्रदूषण बढ्ने र फोहोरमैला व्यवस्थापनमा समस्या ।
- जलाधार क्षेत्रमा बिनायोजना वातवरणीय प्रभाव र परीक्षण नगरी सडक निर्माण तथा जमिन भत्काउने– सम्याउने कामबाट भूक्षय तथा भूस्खलनको समस्याबाट यहाँका मुख्य आकर्षण तालहरू पुरिनेक्रम बढ्दै गएको अवस्था ।
- फेवा, बेगनास, रुपालगायतका तालको जलाधार क्षेत्रमा स्थानीय व्यक्तिको जग्गा भएकोले जमिनको संरक्षणका लागि कृषि वन प्रणालीअनुरुप व्यवस्थापन हुन नसकेको ।
(पोखराको पर्यटन पुनरुत्थान रणनीतिक योजना २०७८—८२ को सम्पादित अंश )





