पोखरा/ पोखराका मेयर धनराज आचार्यलाई अटेरी अभियानले मायाको चिनो हस्तान्तरण गरेको छ । बुधबार बिहान अटेरी अभियानका अभियन्ताहरुले मेयर आचार्यलाई भेटेर सुझावमूलक मायाको चिनो हस्तान्तरण गरेका हुन् ।
पदभार ग्रहण गरेपछि १ वर्षभित्र पूरा गर्ने घोषणा गरेका योजनाहरुको लिस्ट बनाएर अभियानले मेयर आचार्यलाई बुझाएको हो । स्थानीय तह निर्वाचनमा निर्वाचन संयोजकको भुमिकामा रहेका अभियन्ता हरि कार्कीले घोषणापत्रमा समावेश गरिएका बुँदाहरुलाई सुझावको रुपमा मेयर आचार्यलाइ हस्तान्तरण गरेको बताए ।





