प्यारी जीवन संगीनीमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना…
छोरी रुयासालाई पत्रको श्रृङखला १० र छोरा हिम्मतलाई श्रृङखला ९ पत्र लेखिसक्दा ती पत्रहरु समेत छोराछोरीलाईसहित तिमीले पनि अध्ययन गरेर थप हौसला लियौं होला । आमालाई लेखेको पत्र छोराछोरीले अध्ययन गरे पनि हुन्छ । छोराछोरीलाई लेखेको पत्र आमाले अध्ययन गरेर शिक्षा र आर्दश प्राप्त गर्ने कुरामा विश्वस्त हुन सकिन्छ । आशा एवम् विश्वास छ कि जीवन संगीनी रुपक देवी शिक्षक भएको नाताले शिक्षकले खेल्नु पर्ने भुमिका बारेमा मैले जाने बुझेको आधारमा पत्र लेख्ने काम भएको छ । हुनतः शिक्षकले आफै पनि स्वअध्ययन गरेर तथा तालिममा सिकेका कुरा छोराछोरीलाई समेत काम लाग्न सक्दछ भनी चिठी लेख लेखेमा ज्ञान हस्तान्तरण हुनमा सहयोग पुग्दछ । लेख्ने बानीको विकासले सृजनात्मक क्षमता अभिवृद्धिमा सहयोग पु¥याउँदछ । लेख्ने प्रयास गरेमा लेखन शिपको अभिवृद्धि भै पत्रपत्रिकामा प्रकाशन गर्न पनि हुन्थ्यो । छोरी रुयासाले त बाबालाई प्रतिउत्तर स्वरुप चिठी लेख्छु भनेको हो तर हालसम्म लेखेको अवस्था छैन । यदि छोरीले बाबालाई चिठी लेखेमा अनलाइन, पत्रपत्रिकाहरुमा प्रकाशन प्रशारण गर्नमा अवश्य सहयोग गर्ने छु । लेख्ने अभ्यासको थालनी जिवन संगीनी रुपक देवी थापा मगरबाट पनि सुरुवात हुन जरुरी छ ।
‘विकमिङ अ नेशन अफ रीर्डस ः द रिर्पोट अफ द कमिशन अफ रीडिङ’बाट लिएको तथा शैक्षिक सन्र्दभ मूल अंक– ८६ मा प्रकाशित सामग्रीमा आधारित भै भाषान्तर ः शरच्चन्द्र बस्तीको आलेखबाट लिएको विषयमा केन्द्रित भै प्रस्तुत भएको छ । पढ्नु भनेको के ? भन्ने शिर्षकमा पढ्नु भनेको एउटा समग्र प्रक्रिया हो । पढ्न त्यसबेला मात्र सम्भव हुन्छ, जब यससँग सम्बन्धित सबै कौशल एक अर्कासँग संवाद गर्दै एकसाथ काम गर्छन । त्यसैगरी जसरी संगीतका लागि अभ्यास आवश्यक छ त्यसरी नै पढ्नका लागि पनि । जसरी संगीत सिक्नका लागि पूरै जिन्दगी लाग्छ, त्यसैगरी पढ्नका लागि पनि । पठन सामाग्रीका कैयौ अर्थ हुन सक्छन् । कुनै कथा, कविता वा संवादको कसैले कुन अर्थ ग्रहण गर्छ भन्ने कुरा पढ्ने व्यक्तिको पृष्ठभूमि, पढ्नुको उद्धेश्य र पढाइको सन्दर्भबाट निर्धारित हुन्छ । आखिर, पढने प्रक्रिया हुन्छ चाहिँ कस्तो ? प्रचलित अवधारणा के छ भने पढ्ने प्रक्रियामा शब्दको उच्चारणले अर्थतर्फ लैजान्छ, शब्दका अर्थहरु मिलेर उपवाक्य र बाक्यका अर्थ बन्छन् अनि वाक्य वाक्यका अर्थहरु जोडिएर समय संवाद÷संकथनको अर्थ निर्माण हुन्छ । सारंशमा केटाकेटीले सबैभन्दा पहिले अक्षर चिनेर शब्द र त्यसपछि बाक्य चिन्छन् । केटाकेटीहरु एउटा इटामाथि अर्को ईटा राखे झै गरी अर्थसम्म पुग्छन् । पठन संस्कृतीका लागि पठन सामाग्रीको रचना र गठनका बारेमा पनि एक तहको बोध जरुरी हुन्छ । पढनु भनेको पढने प्रक्रियाको नाम हो जसमा पठन सामग्रीबाट प्राप्त हुने जानकारी र पाठकको पूर्व ज्ञानका बीच निरन्तर संवाद चलिरहेको हुन्छ ।
विद्यार्थीहरुका लागि विद्यालयमा अध्यापन गराउँदा समस्या आउन सक्छ । त्यसबाट छुटकारा पाउनका लागि पाठक रुपी विद्यार्थीहरुको वर्गीकरण गर्नुपर्दछ । कच्चा विद्यार्थी वा पाठकहरु प्रायः अक्षर र शब्दहरुमा नै अल्झिहेका हुन्छन् या त आफनो पूर्व ज्ञानकै सेरोफेरोमा । त्यसैले अक्षर र शब्दमा अल्झिने प्रवृत्तीलाई चिर्नमा लागि निरन्तर अध्ययनको साधनामा अभ्यसत बनाउनुको विकल्प छैन । केटाकेटी बडो उदासिन मनका साथ परिश्रमपूर्वक हिज्जे जोड्दै पढने प्रयास गर्छन् । केटाकेटीले छिटछिटो पढ्न खोज्दा अनौठा गल्ती गर्छन । बालबालिका पाठ्य सामग्री पढ्न आफनो पूर्व ज्ञानको प्राय गर्न सक्तैनन् । त्यसैले विद्यार्थीहरुको लागि लगनशिल तरिकाले बढो सावधानीपुर्वक सिकाइमा उचित विद्यालयमा उचित वातावरण उपलब्ध गराउनु पर्दछ । अपरिपक्व पाठकहरु चाहिँ आफनो पूर्व ज्ञानकै सेरोफेरोमा अत्यधिक निर्भर हुन्छन् ।
पढाइका बारेमा अनुसन्धानका आधारमा निश्र्कषमा निकाल्न सकिन्छ । पढनु रचनात्मक गतिविधि हो । पूर्व ज्ञान व्यक्तिपिच्छे फरक हुने भएकोले पाठकहरुले गर्ने अर्थ निर्माणमा प्रशस्त विविधता हुन्छ । पढ्ने काम वास्तवमै धारा प्रवाह हुनुपर्छ । शब्दको पहिचान सहि मात्रामा हुनु पर्दछ । कुरा बुझेर पढ्ने कौशलमा तिनै केटाकेटी अगाडि पुग्छन जसले पहिलो कक्षामै शब्दहरुलाई सही किसिमले र तीव्रताका साथ चिन्न जान्न थालेका हुन्छन् । शब्दहरुलाई तीव्र गतिले डिकोड गर्ने क्षमता पाठकमा भएपछि मात्र उसले कुनै पनि पाठय सामग्रीको अर्थ निर्माण प्रक्रियामा तालमेल मिलाउन सक्छ । अर्कोतिर पढने काम मुख्य रुपमा युक्तियुक्त हुनुपर्दछ । पढनका निम्ति प्रेरणा आवश्यक हुन्छ । पढ्नु कामले निरन्तर विकसित भइरहने कौशल हो । कुशल पाठक हुनुको अर्थ हो– पढाइमा लामो समयसम्म ध्यान केन्द्रित राख्न सक्नु अनि पाठ्यसामग्री रुचिकर तथा ज्ञानदायक हुन सक्छ भन्ने मान्नु पर्दछ । पढनु निरन्तर विकसित भइरहने कौशल हो ।
पढाइ र लेखाइका बारेमा शिक्षक शिक्षिककालाई सिकाउनु पर्ने त हैन । स्वय शिक्षिकले नै अभिप्रेरित भै अभिभावक, विद्यार्थी र शिक्षक समुदायलाई जागृत गराउने भुमिका त अहंम नै छ । खाली मैले निजामती सेवामा रहँदा अनुभव प्राप्त गरेका बुँदाहरुलाई आलेखमा परिणत गरी प्रस्तुत गर्न गइरहेको छु । आगामी दिनमा वा अर्को पत्रको श्रृङखलामा पठन संस्कृतिको विकासमा खेल्नु पर्ने भुमिका बारेमा पुरा पत्र लेख्ने नै छु । आशा एवम् विश्वास छ कि जिवन संगीनीलाई लेखेको पत्रले छोरी र छोरामा सकारात्मक सोचको विकास र उत्प्रेरणा भर्नमा सहयोग पुग्ने छ । थुप्रै अर्ती उपदेशका अलावा पत्रमा लेखिएको अक्षरले पठन संस्कृति बढावा दिँदै खुशी र सकारात्मक शैलीको विकासमा ध्यान दिन सकिन्छ भन्ने सोच जागेको छ । रुपक देवी आफुले पनि शिक्षिक भएको नाताले विद्यार्थी, छोराछोरी र अभिभावकलाई पत्र लेखेर सृजनात्मक क्षमता विकास गर्न सक्छौ । लेखनीको सकारात्मक प्रभाव थोर बहुत ढिला चाडो छोराछोरीहरुमा अवश्य पर्न जाने छ नै । असल बाबुनानी हुन् र पठन संस्कृतिको लगावमा वढावा दिनको लागि आमाको मातृत्वसमेत जन्म दिए जस्तै अधिकार रहने छ ।
बालबालिकाहरु अहिले इन डोर गेम मोबाइलमा रनभुल्लमा परेको पाउन सकिन्छ । हामी केटाकेटी हुँदा खेरी आउट डोर गेम खेलेर घरमा नबस्ने बानीले ग्रस्त थिए । त्यसैले बाबुनानीलाई सन्तुलित विकासमा ध्यान दिनको लागि उत्प्रेरणा भर्न बाँकी रहेको छ । उत्प्रेरणा भर्नका लागि पत्रको सहायता लिएको हो । पत्रको सहायताले समाज भित्रका युवा युवतीहरुको लागि प्रेरणा मिलोस् भन्ने चाहना समेत रहेको छ । पत्रमा लेखेका विषय वस्तु व्यवहारमा उतार्न सकेमा र भनेको कुरा अनुसरण गरी व्यवहारमा खिचेमा अवश्य सफल बाबाआमाको दर्जा लिन सकिनेछ । बाबुनानीका साथीहरु समेत लाभान्वित भएमा लेखको सार्थकता बुनेको मान्न सकिन्छ । अर्को पत्रमा सविस्तार फरक विषयवस्तुमा आलेखरुपी पत्र लेख्ने नै छु । जिवन संगीनीले छोराछोरीलाई मैले लेखेको पत्र अध्ययन गरी बाबु हिम्मत र नानी रुयासालाई सम्झाउन, बुझाउन र रिझाउन सक्नु पर्ने हुन्छ । पत्र लामो भए जस्तो लाग्यो । पत्रलाई यहिं विट मार्न चाहान्छु । अर्को पत्रमा पठन संस्कृतिको विकासमा टेवा पु¥याउने किसिमले लेख्ने बाचा गर्दै यो पत्रबाट बिदा लिन चाहान्छु ।
उही जिवनसाथी
बागलुङ नगरपालिका १० भकुण्डे





