मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

सचेत अवस्थामा बाँच्न र बचाउन लागुऔषध शिक्षा र सचेतना प्रभावकारी हुनुपर्छ

सचेत अवस्थामा बाँच्न र बचाउन लागुऔषध शिक्षा र सचेतना प्रभावकारी हुनुपर्छ


  • टिका बहादुर कार्की
  • असार १० २०७९, शुक्रबार

‘Addressing drug challenges in health and humanitarian crisis’ अर्थात स्वास्थ्य र मानवीय संकटमा लागु औषधको चुनौती संबोधन गर्दै आज २६ जुन २०२२ का दिन मनाईदै गरेको अबैध लागु औषध कारोवार तथा दुर्व्यसन बिरुध्दको अन्तर्राष्ट्रिय दिवस औपचारिक कार्यक्रममा सिमित भैरहंदासचेतनाका लागी लागु औषधसंग सम्बन्धी सामाजिक स्थितिको संक्षिप्त  पाटो खोतल्नै पर्ने हुन्छ  ।

तत्कालीन कपिलबस्तु शाक्य राजधानीका भाई भारदार तथा सल्लाहाकारहरुको लाचार, भ्रष्ट र मदिरापान लगायत गलत बानी व्यहोराका साथै अचेतना र समस्याबाट चिन्तित भई मुक्तिका लागी सद्धर्मको मार्ग खोज्न २६०० बर्ष अगाडी गृहत्याग गरेरहिडेका सिध्दार्थ गौतमले बुध्दत्व प्राप्त गरेर बुध्द बन्दै गर्दा पहिलो पटककोसंबोधन ( श्रोत: रोसन दाहालको गौतम बुध्द जीवनी र दर्शन पुस्तक)  बाट   संपादित अंश-“ दिनको प्रत्यक घण्टालाई सचेत अवस्थामा बांच्नुपर्छ ।

चित्त र शरिर सदैव वर्तमान क्षणमा केन्द्रित हुनुपर्छ । यसको बिपरित यदि हामी अचेत अवस्थामा बांचिरहेका छौं भने हामीलाई हामी बाचीरहेका छौं भन्ने थाहै हुदैन । हाम्रो चित्त र शरिर वर्तमान क्षणप्रति पुर्णताका साथ बांच्दैनन् र जीवनको पुर्ण अनुभव गर्नै पाउदैनौं ।“ भन्ने उपदेश अधिकांश बौध्द मार्गीहरुका साथै ईच्छुक अन्य धार्मीक संप्रदायका मानिसले पनि अध्ययन गरिसकेको हुनुपर्छ । यहां चर्चा गर्न खोजिएको लागु औषध लगायत जुनसुकै नसालु पदार्थ सेवन वा प्रयोगले पनि मानिसको केन्द्रिय स्नायु प्रणालीमा असर गरेपछी उसको स्मरण शक्ति नष्ट हुनुका साथै शारिरिक र मानसिक रुपमा पनि सामान्य देखि बेहोस बनाउने सम्म प्रभाव देखाउछ ।  यसको अर्थ सचेत होईन अचेतपना हो ।

जब मानिसले लागु औषध सेवन गरेर अचेत अवस्थामा सवारी चलाउछ वा अन्य काम गर्छ  भनें दुर्घटना हुने संभावना बढी नै रहन्छ , जो हामीले समाचारमा सुनिरहेकै छौं । गांजा, चरेस, अफिम, कोका,  लगायत का लागु औषधीजन्य चिजको कुरा छोडौं, स्वास्थ उपचारको क्रममा डाक्टरले दिएका दुखाई  कम गर्ने औषधी  पनि आफुखुसीबढी मात्रामा सेवन गर्दा ओभर डोजका कारण मानिस मृत्युको मुखमा पुग्न सक्छ ।

गत आ.व.मा कुल ४६३२ र चालु आ.व. ०७८/७९ को ९ महिनामा ४२३१ जना लागु औषध कारोवारमा संलग्न अभियुक्त प्रहरीको नियन्त्रणमा आईसकेको ( The Himalayanपत्रिका जुन १३, २०२२)अवस्था र फरार, प्रहरी कारवाही पहिल्यै अभिभावकद्वारा सुधार केन्द्र पुर्याईएका तथा कारवाहीको दायरामा नपरेका घटनाहरु केलाउने हो भने यो अबैध कारोवार तथा दुर्व्यसनको आंकडा बढी हुन सक्छ ।

काठमाण्डौ, पोखरा, धरान लगायतका महानगरिय घना बस्ती र भारतीय सिमानाकामा अवस्थित समाज लागु औषध तस्कर र दुर्व्यसनीका लागी राम्रो बजार मानिदै आएका छन् । लागु औषध दुर्व्यसन कम गर्न प्राय: लागु औषध सुधार केन्द्र, कम्युनिटि सपोर्ट ग्रुप, ड्रपिङ सेन्टर संचालनमा रहेको अवस्थाबाट ती ठाउहरुमा लागु औषधको कारणसृजना भएको समस्या कस्तो छ भन्ने अनुमान गर्न सकिन्छ ।  सडक संजालले जोडिएका प्राय सबै जिल्लामा लागु औषध एउटा चिन्ताको बिषय बनेको छ ।

१ जना लागु औषधसंग सम्बन्धीत व्यक्तिलाई कार्वाहीका लागी हिरासतमा राख्दा, सुधार केन्द्रमा राख्दा र दुर्व्यसनीलाई उपचारमा लाग्ने मासिक खर्चले केही बिद्यार्थीलाई  बार्षिक शिक्षा शुल्क तिर्न पुग्छ  भने लागु औषधबाट पुगेको भौतिक हानि नोक्सानी र मानवीय क्षेतीको  हिसाबै छैन । यसरी कल कारखाना, उद्योगधन्दा खोलेर बिकासको रफ्तारमा समाजलाई अगाडी बढाउनु पर्ने समयमा जानाजान  बिग्रेका मानिसका लागी लगानि गर्नु पर्ने अवस्थाले हाम्रो प्रगती संभव छैन । यसको निराकरणका लागी सबै किसोर किसोरी, अभिभावक र  लागु औषध सेवनकर्तासमेतलाई स्वास्थकर्मीको उपस्थितिमा सचेतना शिक्षा, सशक्त सामाजिक निगरानी र सुझाव सहितको अनुगमन संयन्त्र संचालन गर्न आवश्यक छ ।

अन्तमा, शारिरिक तथा मानसिक रुपमा स्वस्थ शरिर  मानव सभ्यता र प्रबिधिसंगै भौतिक बिकासका लागी महत्पुर्ण साधन हुन्  भन्ने महसुस गर्दै  यिनलाई  शैक्षिक चेतनाद्वारा सचेत गराई राख्न सरोकारवाला निकायहरुको नेतृत्वदायी भुमिका रहोस । लागु औषधमुक्त स्वस्थ, सभ्य र बिकसित समाज निर्माणनमा जुटौं । अचेत होईन सचेत हुदै र अरुलाई पनि सचेत गराउदै वर्तमानमा बाFचौं । लागु औषध बिरुध्दको अन्तर्राष्ट्रिo दिवस सफलताको शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->