पोखरा/ अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको विस्तारित बैठकले रसिक न्यौपानेको अध्यक्षतमा २९ सदस्यीय कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा विशाल नायक क्षेत्री, सचिवमा सन्तोष पौडेल, सहसचिवमा सुजन सुवेदी र सुदिप पौडेल र कोषाध्यक्षमा कल्पना सुवेदी चयन भएका छन् ।
बैठक अनेरास्ववियू केन्द्रीय उप –महासचिव महेश श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । विस्तारित बैठकमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले अनेरास्ववियूमा लाग्ने विद्यार्थीहरुको पहिलो काम अध्ययन गर्ने भएको भन्दै उपस्थित विधार्थीलाई आफ्नो पढाइमा ध्यान केन्द्रीकृत गर्न आग्रह गरेका अनेरास्ववियू पृथ्वीनारायण क्याम्पसका निर्वतमान अध्यक्ष तथा अनेरास्ववियू स्थायी कमिटी सदस्य सन्तोष





