पोखरा/ जिल्ला ट्राफिक प्रहरी कार्यालय पोखरा र मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको स्वास्थ्य चेकजाँच सम्पन्न भएको छ । लेखनाथ सिटी हस्पिटल र हिमालय आंखा अस्पताल, पोखराको सहयोगमा उक्त स्वास्थ्य चेकजांच गरिएको हो । ट्राफिक प्रहरी अन्य प्रहरीहरु भन्दा बढी बाह्य प्रदूषणमा खटिनु पर्ने तथा धेरै मानिसहरुको सम्पर्कमा रही कार्य सम्पादन गर्नुपर्ने भएकोले चेकजाँचको व्यवस्था गरिएको ट्राफिक प्रहरी कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाहले बताए ।





