मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सातौं इक्यान मेलाको तयारी पूरा

सातौं इक्यान मेलाको तयारी पूरा


  • ढोरपाटन संवाददाता
  • असार २२ २०७९, बुधबार

पोखरा/ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको आयोजनामा हुने सातौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी सकिएको छ । मेला आउँदो शुक्र र शनिबार पोखरा सभागृहमा आयोजना हुँदैछ ।
मेला संयोजक तथा इक्यान कास्कीका कोषाध्यक्ष युवराज पौडेलका अनुसार नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावी सम्भावना र अवसरहरुको परामर्श दिन मेलाको आयोजना गरिएको हो । ‘

गण्डकी प्रदेशको सबैभन्दा ठुलो शैक्षिक मेला आयोजकको रुपमा इक्यान कास्की स्थापित भएकाले मेलाप्रति विद्यार्थीको विश्वास बढेको संस्थाका अध्यक्ष इविन्द्रराज तिवारीले जानकारी दिए । मेलामा प्रतिष्ठित शैक्षिक परामर्शदातृ संस्थाहरुका अनुभवी एवं तालिम प्राप्त परामर्शदाताहरुले करिव ४० स्टलबाट आधिकारिक तथा प्रभावकारी सूचना एवं परामर्श निःशुल्क रुपमा दिइने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->