पोखरा/ नेपाली कांग्रेस, पोखरा महानगर कार्यसमितिले सरकारी जग्गा नियम विपरित ठेक्का भाडामा लगाउन गरिएको सम्झौताप्रति आपत्ति जनाएको छ । पार्टी सचिव टुवराज बाँस्तोलाले बुधबार एक विज्ञप्ति जारी गर्दै पोखरा उपत्यका नगर विकास समिति अन्तर्गतको सरकारी स्वामित्वको ६३ रोपनी जग्गा भाडामा लगाउन ठेक्का सम्झौता गरिएकोप्रति आपत्ति जनाएका हुन् ।
पोखरा महागरपालिकाले गरेको ठेक्का सम्झौताले पोखराको विकासमा दूरगामी असर पर्ने भन्दै यस विषयमा सबैको चासो जानुपर्ने विज्ञप्तिमा उल्लेख छ । यस घटनाको सत्यतथ्य खोजी गर्नका लागि विश्वसनीय छानविन समिति गठन गरी दोषी उपर कार्वाही गर्न कांग्रेसले माग गरेको छ । घटनामा एमाले पनि जोडिएको हुनसक्ने कांग्रेस नगरको आशंका छ ।





