आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

त्रुटि भए सम्झौता खारेज गरौं : निवर्तमान मेयर जिसी

त्रुटि भए सम्झौता खारेज गरौं : निवर्तमान मेयर जिसी


  • ढोरपाटन संवाददाता
  • असार २३ २०७९, बिहिबार

पोखरा/ पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले पर्यटक बसपार्क, गल्फ कोर्षको र यातायात कार्यालय नजिकैको जग्गा कानूनसम्मत रुपले भाडामा दिइएको जिकिर गरेका छन् । यसअघि ती जग्गाहरु ठाडो तोक आदेशमा भाडामा लगाइएको र आफूले प्रक्रिया पु¥याएको दाबी पनि उनको छ ।

‘विगतमा तोक आदेशमा सम्झौता गरेर भाडामा दिइएका समितिको स्वामित्वमा रहेका विभिन्न ठाउँका जग्गा र यी तीन वटा जग्गाको भाडा पनि विगतमा कति थियो र अहिले कतिमा भाडामा लगाइएको हो ? सो को अध्ययन गरेर सत्य बाहिर ल्याउन सञ्चार माध्यमलाई विनम्रता पूर्वक आग्रह गर्दछु’, बुधबार जारी विज्ञप्तिमा भनिएको छ ।

उनले संस्थालाई हानी हुने र व्यक्तिलाई लाभ पुग्ने गरी पूर्वाग्रही भएर जग्गा भाडामा लगाउने मनसाय नराखिएको स्पष्ट पार्दै जग्गा भाडामा लगाउने प्रक्रियाको सुक्ष्म ढंगले छानबिन गरी कानुनी रुपमा त्रुटि देखिए तत्काल खारेज गर्ने अधिकार वर्तमान नेतृत्वलाई रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->