आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

उपसभामुखका लागि पुष्पा र बिद्याको उमेद्वारी

उपसभामुखका लागि पुष्पा र बिद्याको उमेद्वारी


  • ढोरपाटन संवाददाता
  • असार ३० २०७९, बिहिबार

पोखरा/ प्रतिनिधिसभाको रिक्त उपसभामुख निर्वाचन प्रक्रिया आजबाट सुरू भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्षमा रहेको दल नेकपा एमालेका तर्फबाट बिद्या भट्टराईले उपसभामुखका लागि मनोनयन दर्ता गराएका छन् ।

भुसाल पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार हुन् । भुसालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा एसकी सांसद लक्ष्मीकुमारी चौधरी छन् ।
यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको छ ।

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । सांसद भट्टराई कास्कीबाट निर्वाचित हुन् ।
भोलि दिउँसो ३ बजे उपसभामुखको निर्वाचन हुँदैछ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयनको समय छ ।

आजै दिउँसो उम्मेदवारहरूको सूची प्रकाशन गर्ने कार्यसूची छ । शिवमाया तुम्बाहाङ्फेको राजीनामापछि रिक्त उपसभामुख पदमा झण्डै २ वर्षपछि नियुक्त गर्न लागिएको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->