मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

अर्थमन्त्रीको राष्ट्रद्रोही हर्कत

अर्थमन्त्रीको राष्ट्रद्रोही हर्कत


  • दुर्गा भण्डारी
  • असार ३० २०७९, बिहिबार

बजेट निमार्णका बेला बिचौलियालाई विज्ञ बनाई करको दरमा हेरफेर गरेपछि संसद र सडक तातियो । त्यही राप र तापमा र खासगरि प्रमुख प्रतिपक्षी दल एमालेको दवावमा संसदीय छानविन समिति निर्माण भयो । लगत्तै अर्थमन्त्रीले राजीनामा दिएका छन् तर उनीमाथिको छानविन सकिएको छैन । उनका अझ कति कर्तुतहरु बाहिर आउनै बाँकी छन् । उनीमाथि छानविन जारी छ ।

अर्थमन्त्री जनार्दन शर्माले यस वर्षको बजेट पेश हुने अघिल्लो रात व्यापारीहरुको सेटिङमा अनाधिकृत रुपमा बिचौलिया प्रवेश गराएका थिए । अर्थमन्त्री शर्माले गरेको यो राष्ट्रद्रोहको हर्कत हो ।

अर्थमन्त्रीजस्तो पदमा बस्ने व्यक्तिले राष्ट्रिय हित विपरीत व्यक्तिगत स्वार्थमा लागेको देखियो । यसमा प्रधानमन्त्री र माओवादी अध्यक्ष प्रचण्ड समेतको स्वार्थ गाँसिएको देखिन्छ । अर्थमन्त्री शर्माले स्वदेशी कम्पनीको कच्चा पर्दाथमा कर बृद्धि गरेर विदेशी सामानमा कर छुट गरेका छन् । महिनावारी हुँदा प्रयोग गरिने स्वदेशी प्याड कम्पनीको कच्चा पर्दाथको मूल्य बढाए । त्यसैगरी भारतमा बनेको सेनेटरी प्याडमा कर छुट गरेका छन् । जस्ले स्वदेशी उत्पादन महँगो र विदेशी उत्पादन सस्तो पर्न जान्छ ।

त्यति मात्रै होइन, नेपाली लगानी, उद्योग, श्रमिकसमेत धराशायी हुने अवस्थामा पुगेको छ । जुन काम गर्नै नहुने हो । यो त एउटा उदाहारण मात्रै हो । जसले मुलुक प्रति गद्दारी गरेको प्रष्ट देखिएको छ । यस्ता धेरै हर्कतहरु छन् ।गत चैतमा अर्थमन्त्री शर्माले प्रस्तावमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने भनेर निर्णय गरेको थियो । तर गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले पुनर्बहाली ग¥यो । अछामका पृथ्वीबहादुर शाह र उनको परिवारका नाममा अमेरिकाबाट आएको शंकास्पद रकम राष्ट्र बैंकले रोकिदिएपछि अर्थमन्त्री शर्मा गर्भनरसँग व्यक्तिगत रिसइवीमा उत्तिएका थिए । सो रकम छुटाउन शर्मा आफैं अघि सरेका थिए । यसरी अर्थमन्त्री शर्माले राष्ट्र बैंकको स्वायत्ततामाथि हस्तक्षेप गर्ने काम गरेका थिए । गभर्नर अधिकारीलाई सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेर बहाली गरेपछि पनि शर्माले न नैतिकताका आधारमा राजीनामा दिए न प्रधानमन्त्रीले बाध्य बनाए । सरकारको वातावरण प्रदूषण कम गर्ने नीतिविपरीत अर्थमन्त्री शर्माले विद्युतीय सवारी साधनको भन्सार दर पनि बढाए । अर्थमन्त्रीले सीमित ठूला उद्योगीलाई निकै फाइदा पुग्ने गरी कर हेरफेर गरे त्यो पनि बिचौलिया राखेर । ठूला उनी निकट उद्योगलाई फाइदा पुग्ने काम गरे भने साना २१ उद्योग ठूलो मर्का पर्ने काम गरेका छन् । यसरी अर्थमन्त्री शर्माले इतिहास मै नभएको कलंकित काम गरेका छन् ।

बजेट प्रस्तुत गर्ने अघिल्लो रात अनाधिकृत व्यक्ति लगि कर हेरफेर गरेपछि छानबिन गर्न सहयोग होइन उल्टै त्यो रातको सीसीटीभी फुटेज नै डिलिट गरे । प्रधानमन्त्री देउवा र माअ‍ेवादी अध्यक्ष प्रचण्डको मिलोमतोमा अर्थमन्त्रीले यो हर्कत गरेको हँुदा देउवा र प्रचण्ड चुपचाप बसे । आफू छानविनमा पर्ने डरले फुटेज डिलिट गरिसकेका अर्थमन्त्री शर्माले प्रमुख प्रतिपक्षलाई ‘किन चाहियो फुटेज एमाले को हो’ भन्नेजस्ता गैरजिम्मेवारपूर्ण अभिव्यक्तिसमेत दिएका थिए । बिचौलियाको प्रलोभनमा परेर करको दर हेरफेर गरेको प्रमाणसमेत नष्ट गरे ।

अब यी यावत् विषयमाथि छानविन हुने भएको छ । संसदीय समितिले अब जनार्दनलाई पूर्वअर्थमन्त्रीको हैसियतले छानविनको लागि बोलाउन सक्छ । उनले गरेका कर्तुतहरु बाहिर ल्याउन यसअघिका घटनाक्रमलाई नियाल्नुपर्ने देखिएको छ । नैतिकहीनहरुलाई पदमा बस्ने अधिकार रहँदैन । संसदमा बसेर सार्वभौम जनतालाई दिनदहाडै ढाँट्ने अधिकार कसैलाई छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->