International Youth Day, 2022 Intergenerational SolidarityM Creating a World for All Ages…No one is Left behindÚ ’ भन्ने अभियानका साथ अन्तराष्ट्रिय युवा दक्षता दिवस मनाईरहँदा के हामीकहाँ यस्ता कुनै अभियान र युवा लक्षित कार्यक्रम देख्न सकिन्छ त ? आजका युवाहरुको काँधमा व्यक्तिगत, पारिवारिक, सामाजिक तथा राष्ट्रिय सवालको जिम्मेवारी भए जसरी राज्यले यिनीहरुलाई सैद्वान्तिक र व्यवहारिक शिक्षाबाट दिक्षीत गरेर राखेका तयारी श्रम साधन हुन् त ? यसै सन्दर्भमा संक्षिप्त चर्चा गरौं ।
सरोकारवालाको आवश्यकता, युवाको चाहना, सामथ्र्य, ज्ञान, सीप र योग्यतामा आधारित निश्पक्ष र भरपर्दो परिक्षा प्रणाली मात्र युवाको दक्षता मापनको मापदण्ड हुनसक्छ । हालसम्म प्रचलित मापदण्ड पनि यस्तै छन् । तर, मेरिट बेसमा संचालित परिक्षाहरुमा प्रतिस्प्रधाबाट असफल युवा उम्मेदवारको वैकल्पिक अवसर सृजना गर्नुपथ्र्याे । उनीहरुलाई शक्तिकेन्द्रमा पहुँच नभएको कारण असफल मात्र होईन बेरोजगार तथा नालायक महसुस हुनुहुदैनथ्यो, त्यो भैरहेको छ । प्रतिकुल परिस्थितिबस कतिपय युवाहरुमा शैक्षिक योग्यता आर्जन गर्ने अवसर नमिल्दा न्युन साक्षरताको स्थितिमा हिनताबोध गर्नुपर्ने अवस्थाबाट मुक्त गर्न निजले गर्न सक्ने काममा रोजगारी दिन सकिने र शिक्षित युवा कुनै रोजगारीको छनौटमा असफल हुँदा बैकल्पिक अवसरको सृजना नहुँदासम्म युवाहरु बिरक्तिएर भौतारिनु पर्ने अवस्थाको अन्त्य हुदैन ।
युवालाई रोजगारीमा आवद्व गर्न सैद्वान्तिक मात्र होईन व्यवहारिक एवं सीपमुलक प्राबिधिक शिक्षाको अवसर सृजना गरिरहनुपर्ने हुन्छ । चुनावताका राजनीतिक दलको घोषणापत्रमा प्रकाशित मिठा सपनाहरु मतगणनासंगै सेलाएर जाने गर्दछन् । माध्यामिक शिक्षा उत्तीर्ण नेपाली युवाहरु लाखौं खर्च गरेर पुगी कमाउँदै उच्च शिक्षा हासिल गर्नुका साधै स्थायी बसोबासको अनुमती पाउँदा आफु र परिवारको भविष्यका लागि पनि उतै हाम्फाल्नु स्वभाविक हो ।
राज्यलाई निश्चित रकम कर तिरेर उद्योग व्यवसाय संचालन गर्ने लगानीकर्ताका लागि निश्चित अवधिसम्म राज्यबाट दिईने सुविधा र सहयोग हुनुपर्छ । अन्य देशका लगानीकर्ताले निश्चित अवधिका लागि कुनै प्रोजेक्ट संचालन गर्ने अनुमति पाएसंगै देशबिदेशबाट कामदार माग गरेपछि बिदेशिने नेपाली नागरिकहरुलाई स्वदेशमा लगानी र रोजगारीको निश्चितता हुँदासम्म प्यारो घरपरिवार छोडेर बिदेशिने कुरै आउदैन समग्रमा यस्ता परिस्थितिलाई मध्यनजर राखी युवा उर्जाको उपयोग गर्दै कोही पछाडी नपर्ने गरी युवा लक्षित कार्यनिति बनोस् र व्यबहारमा महसुस गर्न पाईयोस् । स्थानीयदेखि संघिय सरकारसम्म आर्थिक बर्षको सुरुआतसंगै नीति तथा कार्यक्रम कार्यान्वयनको महत्वपुर्ण चरणमा प्रवेश गरिरहेको अवस्थामा युवा दक्षता अभिवृद्विका धेरै कुरा संभव हुन सक्छन् । सरोकारवाला तथा युवा बर्ग सबैको ध्यान जाओस्, अन्तर्राष्ट्रिय युवा दक्षता दिवसको शुभकामना छ ।





