पोखरा/ कास्की प्रहरीले बालिका बलात्कार प्रकरणमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुस्मा ६ स्थायी घर भइ हाल पोखरा १३ बस्ने २४ वर्षीय खिमबहादुर बिक रहेका छन् । खिमबहादुरले असार ३१ गते १३ वर्षीया बालिकालाई ललाइफकाई पोखरा ५ पस्र्याङमा रहेको लब्लीडाँडामा लगी बलात्कार गरेका थिए । कास्की प्रहरीका अनुसार निजलाई असार ३२ गते पक्राउ गरिएको हो । निजलाई जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद लिइ अनुसन्धान सुरु गरिएको छ ।





