आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

जनप्रतिनिधिलाई आचारसंहिता बनाउँदै कांग्रेस

जनप्रतिनिधिलाई आचारसंहिता बनाउँदै कांग्रेस


  • ढोरपाटन संवाददाता
  • साउन ३ २०७९, मंगलबार

पोखरा/ प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गर्ने भएको छ ।

एक सातासम्म सानेपामा बसेको केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता जारी गरेर लागू गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । केन्द्रीय कार्य समिति बैठकले आचारसंहिता तयार गरेकाले त्यसलाई लागू गरेर पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई जनताप्रति उत्तरदायी बनाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता डा. महतले बताए ।

‘स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि आचारसंहिता जारी गरी लागू गर्ने गर्ने लागू गर्ने निर्णय भएको छ’, उनले भने,’जसरी हामीले स्थानीय तह निर्वाचनमा ’घरघर जाऔँ, कांग्रेस जिताऔं’ संचालन ग¥यौँ। त्यस्तै खाले अभियान त्यसको पूर्ण खाका पछि कार्यालयले प्रस्तुत गर्नेछ ।’कांग्रेस नेतृत्वमा रहेको सरकारले स्थानीय तह निर्वाचन व्यवस्थिति र निष्पक्ष रुपमा एकै चरणमा सम्पन्न गराएकोमा केन्द्रीय कार्य समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद पनि दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->