बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३
  • १८ कार्तिक २०८३ , बुधबार
  • November 4 2026

पोखरा महानगरमा नयाँ प्रशासकीय अधिकृत

पोखरा महानगरमा नयाँ प्रशासकीय अधिकृत


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०७९, बुधबार

पोखरा/ पोखराका प्रमु्ख प्रशासकीय अधिकृत बलराम रिज्यालको सरुवा भएको छ । उनको ठाउँमा अब वीरेन्द्रदेव भारती आउने भएका छन् । भारती स्थानीय निकायमा प्रमु्ख प्रशासकीय अधिकृतको रुपमा अनुभवी व्यक्तित्व हुन् ।उनी यसअघि बुटवल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत थिए ।

बलराज रिज्याल अब संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा जाने भएका छन् । बागलुङ घर भएका तथा राजश्व विभागमा काम गरेका रिज्याल बौद्धिक व्यक्तित्वको रुपमा चिनिन्थे । उनी पोखरा महागनरको प्रशासकीय अधिकृतको रुपमा रहँदा नै यहाँ बहुचर्चित जग्गा ठेक्का प्रकरण भएको थियो । पूर्वमेयर मानबहादुर जिसीले ३ ठाउँको सरकारी जग्गा भाडामा लगाउँदा आफूले जानकारी नपाएको बताए पनि उनले उपत्यका नगर विकास समितिका अधिकृत अशोक सुनारलाई कार्यालय चलाउने अख्तियारी दिएका थिए । अशोक सुनार सो प्रकरणमा मुछिएपछि प्रम्ुख प्रशासकीय अधिकृत रिज्यालले महानगर तानेर सोधपुछ गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ सहसचिवको सरुवा गर्दा रिज्यालको पनि सरुवा भएको हो । यद्यपि, पोखराका मेयर धनराज आचार्यले भने उनलाई पोखरामै बस्न अनुरोध गरेका थिए ।

‘स्थानीय तहको लामो अनुभव नभएकाले उहाँलाई केही गाह्रो भयो होला तर उहाँ बौद्धिक व्यक्तित्व हो’,उनले भने,‘मैले उहाँलाई यहीँ बस्न भनेको हो तर सरुवा भएछ । यसमा उहाँको इच्छा कति थियो, थाहा भएन ।’ पोखरामा प्रम्ुख प्रशासकीय अधिकृतहरु टिक्दैनन् । महानगर आफैले भर्ना गरेका र यहाँ जरा गाडेका कर्मचारीहरुले इमान्दार अधिकृतलाई टिक्न नदिने प्रपञ्च रच्ने आरोप लाग्दै आएको छ ।
यता, अर्थ मन्त्रालय गण्डकी प्रदेशका प्रदेश सचिव वैकुण्ठप्रसाद अर्यालको पनि सरुवा भएको छ । उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->