पोखरा/ एमाले गण्डकीले आउँदो संसदीय र प्रदेश चुनावलाई केन्द्रमा राख्दै प्रशिक्षण कार्यक्रम सुरु गर्ने भएको छ ।
यही साउन ८ गते पोखरामा आयोजना हुने प्रशिक्षणमा प्रदेश, जिल्ला, जनवर्गीय संगठन तथा पालिकाका जनप्रतिनिधिहरुलाई सहभागी गराइने छ । कार्यालय सचिव माधव बास्तोलाद्धारा जारी विज्ञप्तिमा अनुसार प्रशिक्षण शीर्ष नेताहरुबाट हुनेछ ।
‘एमालेले गत स्थानिय तहको निर्वाचनलाई समिक्षा गर्दै आगामी संघ र प्रदेशको निर्वाचनमा आफ्नो सम्पुर्ण शक्तिलाई निर्वाचन केन्द्रित गरेर अभियानहरु संचालन गर्ने क्रमको पहिलो भेलाको शुरुवात पोखरावाट गर्न लागेको हो’,विज्ञप्तिमा भनिएको छ । भेलापछि एमालेले जिल्ला, पालिका, वडा र टोल टोलमा अभियानहरु संचालन गर्ने तथा एमालेलाई जनतासँग जोड्ने एमाले गण्डकीको दाबी छ । अभियानको क्रममा वर्तमान सरकारका गलत कामको भण्डाफोर गर्ने सचिव बास्तोलाले बताए ।





