मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

काहुँकोटमा पर्यटनबारे छलफल

काहुँकोटमा पर्यटनबारे छलफल


  • ढोरपाटन संवाददाता
  • साउन ५ २०७९, बिहिबार

पोखरा/ स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही साउन ६ गते उक्त कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा सहभागीहरुलाई काहुँकोटको पर्यटकीय आकर्षणका सम्पदाहरुबारे जानकारी दिने, स्थानीय समस्याको पहिचान गर्ने, संचारकर्मीले खेल्नुपर्ने भूमिका र सम्बन्धित निकायले गर्नुपर्ने कामका बारे छलफल गरिने संघका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले जानकारी दिए ।

कार्यक्रमको निष्कर्षलाई लिपिवद्ध गरी संघले पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारलाई समेत प्रतिवेदन बुझाउने छ । साथै त्यो प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा जोड दिइने संघका उपमहासचिव कल्याण पन्तले जनाए ।

कार्यक्रममा संघका २९ जिल्लाका ७५ जना संचारकर्मीसहित पर्यटन विज्ञ, स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था र आमा समूहका प्रतिनिधि, होमस्टे संचालकहरु गरी डेढसयको सहभागिता रहने संघका कास्की अध्यक्ष असफल गौतमले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->