प्यारी जीवन संगिनीमा शुभ आर्शिवाद साथै सुस्वास्थ्यको कामना…
आरामका साथ पत्र लेख्ने प्रयास गरेको छु । पत्रमा पारिवारीक गन्थन मन्थनभन्दा माथि उठेर छोराछोरीहरुका लागि काम लाग्ने विषयवस्तुका सवालमा लेख्ने प्रयास गरेको छु । पत्रका श्रृङखलाहरु पटक पटक लेखिरहँदा हल्काफुल्का तरिकाले छोटो बसाईँमा अध्ययन गर्न सकिन्छ । पढाइलाई रसिलो र खुशिलो बनाउनका लागि पत्रको आकारलाई पत्रको रुपमा रुपान्तरण गरेको मात्र हो । नत्र पत्रलाई अध्ययन नगरी झन्झटिलो मानी गुणात्मक विकास हुन सक्दैन ।
जोसफ एडिसन एक प्रख्यात साहित्यकार एवं सम्पादकले आजभन्दा करिब तिन सय वर्षअघि पढाई दिमागका लागि त्यति नै जरुरी छ, जति शारीरिक स्वास्थ्यका लागि व्यायाम भनेर वैज्ञानिकले शोधमार्फत पुष्टि गरेका छन् । व्यायामले जसरी हाम्रो शरीरलाई स्वास्थ्य र सुडौल बनाउँछ, ठीक यसैगरी पुस्तक पढेर हाम्रो मन मस्तिष्क स्वस्थ र आनन्दमय बन्न सक्छ । किताब मान्छेको महानतम सम्पदा हो ।
किताबलाई पार्थिव अन्य कुनै पनि वस्तुहरु सँगको तुलना गर्न सकिदैन । चाहे कुनै प्रतिकुल स्थितिमा होस् वा अनुकुल जस्तोसुकै अवस्थामा पनि किताब मानिसका लागि एक आनन्द, प्रेरणा र उर्जाको श्रोत बन्छ । हामीले सन्ततीलाई पारिवारीक संस्कार अनुरुप डोहोरयाउँछौ । पारिवारीक आचरण र सामाजिक व्यवहार अनुशरण गर्ने प्रेरित गछौ । पथ भ्रष्ट हुन दिँदैनौ । ठीक त्यसै समयमा हामीले आफनो पुस्तालाई पठन संस्कृतिमा अभ्यस्त गर्न सकिन्छ । पठन संस्कृतिले युवा छोराछोरीको ज्ञानको दायरा बढाइदिन्छ । सोच्ने र बुभmने शैली फराकिलो बनाइदिन्छ । पठन संस्कृतिले एक समृद्ध जीवन बाँच्नका लागि आधारहरु तयार गरिदिन्छ । कतै कतै सम्भ्रान्त परिवारको घरमा मदिरालय हुन्छ । धनीमानीहरुले अनेक कुराहरु संग्रह समेत गर्दछन् तर उनीहरुको घरमा पुस्तकालय नहुन सक्छ । मदिरालयको सट्टामा हामीले घरमा एउटा पुस्तकालयको व्यवस्था गर्ने र उत्कृष्ट पुस्तकहरु संकलन गर्ने अभ्यास गरिएमा हाम्रो घरको शोभा मात्र बढाउँदैन कि पठन संस्कृतिको विकास पनि गर्नमा अभिप्रेरित गरेको हुन्छ भन्ने जानकारी र अनुभुति विद्यार्थीहरु माझमा गराउन सकेमा पठन संस्कृतिको विकासमा टेवा पुगेको मानिने छ ।
अहिलेको पुस्ता इन्टरनेट, मोबाइल, ल्यापटपमा लिप्त हुँदै गएकोले अहिलेका पुस्तालाई त पठन संस्कृतीको जरुरत छ । पुस्तक पढ्ने, चिन्तन मनन गर्ने परिपाटी र सस्कारको तडकारो खाँचो छ । डिजिटल प्रविधिको लतमा ग्रस्त भएका विद्याथीहरुलाई मुक्त मात्र गराउँदैन कि पठन संस्कृतिको विकासले मस्तिष्क विकासमा समेत सहयोग पुरयाउँछ । यदि परिवारीक घरमा पुस्तकालय राख्ने र राम्रा पुस्तकहरु संग्रह गर्ने बानीले परिवारमा पठन संस्कृतिको जग बसाउँछ । घरमै पुस्तकालय भएको अवस्थामा हामी राम्रा राम्रा पुस्तक पढन थाल्छौ । पुस्तकबारे बहस गर्न थाल्छौ । चिन्तन मनन् गर्न थाल्छौ । यसले गर्दा पारिवारीक माहोल नै शिक्षित, पठन संस्कृति उन्मुख बनाउँछ । अझ साना बाल बच्चाका लागि घरको वातावरण अनुकरणीय बन्छ ।
चाहे राजनीतिज्ञ होस वा वैज्ञानिक, समाज सुधारक होस वा अरु कोही, उनीहरु अध्ययनशील हुन्छन् । जो कोही आफनो व्यस्त दिन चर्यामा पनि पढाइलाई छाडेका हुँदैनन उनीहरु सफलतातर्फ उन्मुख भएको पाउन सकिन्छ । राजनीतिज्ञ, वैज्ञानिक, समाज सुधारक, डाक्टर, विद्यार्थीहरुका लागि पढाइ मौलिक आवश्यकता बन्ने गर्दछ । पुस्तकले हामीलाई नयाँ कुराको जानकारी मात्र दिलाउँदैन, नयाँ सोच र प्रश्नहरु पनि पैदा गरिदिन्छ है जीवन संगिनी भन्ने बोध छोराछोरी र विद्यार्थीहरुमा गराउँदै जानु है । पुस्तक पढनुको अनेक लाभ छन् । कतिपय शोध पत्रबाट के पुष्टि भएको छ भने पुस्तक पढ्ने बानीले मानसिक रोगको भय कम हुन्छ रे । दिमागी तनाव कम गर्नका लागि पुस्तक पढनु निकै उपयोगी हुन्छ ।
पठन संस्कृतिको विकास गर्नका लागि बहस, अन्तरक्रिया गरिहँदा नेपाली बजारमा संचालित सामुदायिक पुस्तकालयमा पठन संस्कृति हराउँदै गएको समाचारहरु अनलाइनमा पाउन पनि सकिन्छ । पुस्तकालय भित्रका पुस्तकहरु पाठक खोज्छन् । तर, पुस्तकालयमा मानिसहरु भने छिटफुटबाहेक प्रायः सुनसान रहन्छ । पुस्तकालयमा कोही आउँदैनन् । पुस्तक कसैले खोज्दैनन् । पुस्तकालयको दराजमा सजाएर राखिएका पुस्तकहरु जस्ताको तस्तै छन् । यस्तो लाग्छ कि पाठकहरुले पुस्तक खोज्ने समयमा पुस्तकहरुले पाठक खोजिरहेको भान हुन्छ जस्तो मलाई लाग्छ । पुस्तकको महत्व अझै कम नहुँदा नहुँदै पनि पुस्तकालयमा पठन संस्कृतीलाई चुनौती दिँदै सुनसान अवस्थामा पुस्तकालय गुज्रिदै जानु वर्तमान युवा पिँढीका लागि राम्रो संकेत होइन । अहिलको सबै बालबालिकाहरुको हात हातमा स्मार्ट फोन छ । एक क्लिकको भरमा संसार पढ्न पाउने सुविधा हुँदा हुँदै पुस्तकालयमा पुगेर पुस्तक पढ्न को जानु ? खोज, अनुसन्धान गर्नेहरुले इन्टरनेटमा नपाउने विषय थाहा पाउन मात्र पुस्तकालय जाने अवस्था आएकोेले पुस्तकालयमा बालबालिकाहरुको लर्को लगाउने कामको सूरुवात गर्नु छ । विद्यार्थीमा पुस्तक पढ्ने संस्कृतिको विकास नहुनु एकातिर समस्या छ भने अर्कातिर डिजिटल प्रविधिको जमानामा पुस्तक पढ्ने फुर्सद कसैलाई छैन । अब पुस्तकालयको स्वरुपमा परिर्वतन गरी प्रविधियुक्त बनाई पठन संस्कृतिको विकासमा टेवा पु¥याउन शिक्षकको भुमिका रहन्छ ।
मानव पुँजी निर्माणका लागि पठन संस्कृतिको विकासमा टेवा पुग्न पर्दछ । दक्ष जनशक्ति निर्माण गर्नका लागि आधारभुत रुपमा शिक्षाको ज्योति जनजनमा पुरयाउनको लागि पुस्तकालयले आधार स्तम्भको रुपमा काम गर्न सक्दछ । तर आजकल पुस्तकालय हात्तीको देखाउने दाँतको रुपमा विकास भएको छ । हात हातमा मोबाइल र सुचना प्रविधिको विकासले इन्टरनेटमा व्यस्त भएको पाउन सकिन्छ । सकारात्मक सोच र अध्ययनशिल बातावरणको विकासमा टेवा पुग्नका लागि पठन संस्कृतिले सहयोग पुरयाएको पाउन सकिन्छ । बालबालिका भविष्यका कर्णधारहरु हुन् भन्ने भनाइलाई कतै कर्ण भारका रुपमा रुपान्तरण हुने त हैन भन्ने चिन्ता र चासो बढ्न थालेको छ । विद्यालयका बालबालिकाहरुमा अतिरिक्त क्रियाकलाप गराउदा खेरी पुरस्कार स्वरुप पुस्तक खरिद गरि दिने परिपाटीको विकास गर्न सकेमा समेत पठन संस्कृतिको विकास र बिस्तार हुन पुग्दछ । जन्मोत्सवमा केक काट्ने परिपाटीको सत्ता केक किन्ने पैसा बराबरको पुस्तक खरिद गरी उपहार स्वरुप दिने बानीको विकास गनुपर्दछ । नयाँ वर्ष, दशै तिहार, छठ, मकर संक्रान्ति, चैतेदशै, हरितालिका तिज जस्ता चाडपर्वमा समेत फजुल खर्च गर्न भन्दा पठन संस्कृतिलाई टेवा दिने खालको गतिविधि गर्नुलाई श्रेयस्कर मानिन्छ । कुलत, कुप्रथा, कुरीति, कुचलन, विभेदका विरुद्ध जराबाट नै हटाउनका लागि बलियो आधार स्तम्भ भनेको पठन संस्कृतिको विकास गर्नु नै हो । सामाजिक संघ संस्थाहरुमा आवद्ध गराउने परिपाटीको विकास युवा, बालबालिका वर्ग समेत गर्दै लैजानु पर्दछ । फेरी युवा जमातको लगाव पठन संस्कृतिमा जम्यो भने दह्रो तरिकाले जमेको पाउन सकिन्छ ।
विद्यालयका विद्यार्थीहरु छोराछोरी सरह नै हुन् । घरका बालबालिकाहरु विद्यालयका विद्यार्थीहरु नै हुन् । त्यसैले शिक्षकको भुमिका पठन संस्कृतिमा टेवा पुग्ने खालको हुनु पर्दछ । शिक्षकले बालबालिकाहरुलाई पढ्नका लागि अभिप्रेरित गरे जस्तै घरका छोराछोरीहरुलाई पनि पठन संस्कृतिमा अभ्यस्त बनाउनका लागि थोरै भएपनि प्रयास जारी राख्नु पर्दछ । अध्ययनशिल बातावरण बनाउनको लागि शिक्षिकको भुमिका अहम् हुन्छ भन्दै फेरी अर्को श्रृङखलामा थप विषय वस्तुमा प्रकाश पार्ने बाचाका साथ पत्रको सातौ श्रृङखलाबाट अन्त चाहन्छु ।
उही
जिवनसाथी
बागलुङ नगरपालिका–१० भकुण्डे





