आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नवौं राष्ट्रिय खेलकुद : गण्डकीले ३६ खेलमै सहभागिता जनाउने

नवौं राष्ट्रिय खेलकुद : गण्डकीले ३६ खेलमै सहभागिता जनाउने


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०७९, बुधबार

पोखरा/ आगामी असोज अन्तिम साता गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशले ३६ खेलमा सहभागिता जनाउने भएको छ । प्रदेशको राजधानी पोखरा लगायत प्रदेशका सबै जिललामा हुने प्रतियोगिताका लागि गण्डकी प्रदेश खेलकुद परिषदले बल्ल आन्तरिक तयारी सुरु गरेको छ ।

परिषदको सोमबार पूर्ण बैठक बसिरहँदा गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दिपक मनाङे ) भने अनुपस्थित रहे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई काम नलाग्ने अभिव्यक्ति दिँदै आएका खेलकुदमन्त्रीले परिषद्को बैठकमा अनुपस्थिति रहँदै आइरहेका छन् । उनी अनुपस्थिति रहँदा परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङको अध्यक्षतामा बैठक हुँदै आइरहेको छ । यतिमात्रै होइन् विभिन्न स्थानमा हुने प्रतियोगिताह तथा खेलकुदसम्बन्धि कार्यक्रमहरु भइरहँदा समेत खेलकुद मन्त्री जादैनन् । खेलकुदमन्त्री भएरपनि खेलकुदमै नजाने सायद उनै पहिलो मन्त्री हुन सक्छन् । यसअघि पनि युवा तथा खेलकुद मन्त्रालयले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा केन्द्रीय मन्त्री, सदस्य सचिवलगायतको टिम आउँदा समेत उनी पुगेनन् ।

गण्डकी प्रदेश खेलकुद परिषद्को बैठकले खेलस्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषिराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी समेत दिएको छ ।

त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृति भण्डारीलाई जिम्मेवारी दिएको छ । बैठकले खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्वीकृतिका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->