बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

छोराको कलेजो बाबुको शरीरमा प्रत्यारोपण

छोराको कलेजो बाबुको शरीरमा प्रत्यारोपण


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०७९, बिहिबार

बागलुङ, १३ साउन– बाबु बाँच्ने भएपछि बागलुङका निलेस राजभण्डारीले आफ्नै कलेजो काटेर दिएका छन् । बानपा २ का राजभण्डारीले बाबु अशोक गोविन्द राजभण्डारीलाई बचाउन कलेजो दान दिएका हुन् ।
काठमाण्डौ, पोखरा, भरतपुरलगायतका स्थानमा भएको उपचारमा निको नभएपछि भारतको दिल्ली स्थित म्याक्स अस्पतालमा पुगेर राजभण्डारीको कलेजो प्रत्यारोपण भएको हो । छोराको कलेजो प्रत्यारोपण गर्नुपर्ने भएकोले दुवैजनाको जटिल अपरेशन सफल भएको हो ।
स्वास्थ्य परीक्षणमा पेटमा पानी जमेको थाहा पाएपछि राजभण्डारीलाई उपचारमा देशका प्रमुख सहर धाए । कहिले पोखरा, कहिले काठमाण्डौ, चितवन र भक्तपुर लगायतका स्थानमा परीक्षण गरेर औषधि खाँदा निको भएन । तीन महिना अघि दिल्लीको म्याक्स अस्पतालमा पुगेपछि मात्रै राजभण्डारीको कलेजो ड्यामेज भएको पत्ता लाग्यो । कलेजोले कामै नगर्दा जीवन मरणको अवस्था भएपछि ४० वर्षीय कान्छो छोरा निलेशले कलेजो दान दिने निर्णय गरेका थिए । उनले कलेजो दान दिएपछि राजभण्डारीको ज्यान बच्यो । अहिले बाबुछोरा दुवैले दिल्लीमै स्वास्थ्य लाभ गरिरहेका छन् ।
उद्योग वाणिज्य संघको निर्वाचनको चहल पहल थियो । उनी सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । तर पदाधिकारी चयनको बेला एकाएक बजारमा देखिएनन् । होटल पिस प्यालेसका संचालक निलेश राजभण्डारीले आफ्नो पद, प्रतिष्ठा र व्यवसाय छाडेर बाबुको उपचारमा हिँडेका थिए ।
बुढ्यौलीका अभिभावकलाई वृद्धाश्रम लगेर छाड्ने प्रवृत्ति विरुद्ध निलेशले भने बाबु अशोकलाई बँचाएका छन् । ७० वर्षीय राजभण्डारी बागलुङ सहकारीका अध्यक्षसहित दर्जन संघसंस्था र सामाजिक सेवामा सक्रिय छन् । पछिल्लो समय उनको पेट बढेर काम गर्न सकेका थिएनन् । ग्याष्ट्रीक लगायतका समस्या भन्दै औषधि खाएर बस्दा उनको उपचार ढीला भैसकेको थियो । ढिला गरी रोग पत्ता लागेपछि उनले नया“ जीवन पाएका छन् । छोराले कलेजो दान दिएर बाबुलाइ बचाएपछि सामाजिक संजाल देखि चोकचोकमा बसेर कुरा गर्नेले पनि निलेशको प्रसंसा गरेका छन् । अधिकांशले ‘ग्रेट सन’ भन्दै उनको प्रसंसा गरेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->