मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मेयर सम्मेलन : दोहोरी गीतमा झुम्दै पुगे सराङकोट

मेयर सम्मेलन : दोहोरी गीतमा झुम्दै पुगे सराङकोट

विभिन्न विषयमा छलफल हुने सो सम्मेलनमा पत्रकारलाई भने प्रवेश दिइएको छैन । काठमाडौंका मेयर बालेन साह संचारकर्मीसँगको जम्काभेट मन नपराउने भएकाले पत्रकारलाई कार्यक्रममा सहभागी नगराइएको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

पोखरा, १४ साउन– देशभर रहेको महानगरपालिकाका मेयर, उपमेयर तथा प्रशासकीय अधिकृतहरु पोखरा आएका छन् । शुक्रबारदेखि सुरु भएको मेयर सम्मेलनमा सहभागी हुन् ६ महानगरका मेयर तथा उपमेयरसहित प्र्रशासकीय अधिकृत सामेल छन् ।
महानगरपालिकाको विकास योजना, बजेट, अनुभव तथा कामका बारेमा अनुभव आदान प्रदान गर्नका लागि भेला भएका हुन् । पोखरा आएका उनीहरु पोखरामा जारी राष्ट्रिय लोक दोहोरीगीत प्रतियोगितामा पनि सहभागिता जनाए ।
सम्मेलनमा काठमाडौंका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् । उनीहरुलाई पोखराका मेयर धनराज आचार्य र उपमेयर मञ्जुदेखी गुरुङले स्वागत गरेका थिए । यद्यपि, मेयर सम्मेलनमा संचारकर्मीलाई भने प्रवेश दिइएको छैन । काठमाडौंका मेयर बालेन साह संचारमाध्यमसँगको जम्काभेट नरुचाउने भएकाले संचारकर्मीलाई महत्वपूर्ण कार्यक्रममा सामेल नगरिएको पोखरा महानगरका एक अधिकारीले बताए । मेयर आचार्यले भने यसबारे मुख खोलेनन् ।
मेयर धनराज आचार्यले सम्मेलनले ६ महानगरको एक आपसमा सहयोग लिन सजिलो हुन्ने विश्वास रहेको सुनाए । उन्नले लामो समय छलफल गरेर महानगर मेयर सम्मेलनको नाम दिएको बताए ।
‘एकै ठाउँमा बसेर हामीले अनुभव गरेका कुराहरु सुनाऔं, सुनौँं र केही समस्याहरु छन् त्यसको अनुभुति पनि गरेका छौँ । त्यसलाई सम्बन्धित निकायसम्म यस्तो लागेको छ यसका बारेमा सहजीकरण गरियोस् भनेर भन्ने हिसाबले एउटा भेटघाट गरौं भनेर यो आयोजना गरिएको हो’, उनले भने,‘एक आपसमा गरेका कामहरुलाई सेयर गर्ने र महानगरको विकासमा सहयोग मिल्नेछ ।’
पोखराको विषयसँग जोडिएर गरिएको सुदृढपरियोजनाका लागि विज्ञसँगको छलफलबाट सम्मेलन आयोजना भएको । सम्मेलनमा संघीयता र योसँग सम्बन्धित विषयमा आजसम्म जे जति अभ्यास भए, समस्या आए र अब गर्नपर्ने कामकुराका आधारमा छलफल हुनेछ । यस्तै महानगरका मेयर तथा उपमेयरहरुले आफ्ना अनुभव, सिकाइ र भोगाइलाई समेत छलफलको विषय बनाएको र त्यसपछि विकासका लागि के गर्नुपर्छ, कहाँ चुकेको छ, भन्ने कुराको सुझाव सहित छलफल निचोड निकालिने छ । सम्मेलन सकिएलगत्तै पोखरा घोषणापत्र सार्वजानिक हुने मेयर आचार्यले जानकारी दिए ।
सम्मेलनको पहिलो दिन राष्ट्रिय योजना आयोगका पूर्वउपाध्ध्यक्ष एंव क्षेत्रिय योजनाकार डा.जगदिशचन्द्र पोखरेलले संघीयता, महानगर र अवको बाटो शीर्षकमा मुख्य प्रस्तुती राख्नुभएको छ । सम्मेलनको दोस्रो दिन शनिबार भने पुर्वाधार विज्ञ डा.सुर्यराज आचार्यद्धारा महानगरपालिकामा पूर्वाधार विकास तथा सुशासन, सुदृढ परियोजनाका डा.अजयचन्द्र लाल र सरोज बस्नेतद्धारा महानगरपालिकामा हरित, उत्थानशील तथा विकास अपरिहार्यता सम्भावना र चुनौतीहरु, महानगरपालिकाका प्रमुखहरुद्धारा महानगरपालिकाका साझा सवाल तथा आगामी कार्यदिशा विषयमा प्यानल छलफल हुनेछ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->