मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

मादीको कोरीमा केबुलकार पक्का

मादीको कोरीमा केबुलकार पक्का

मादी १ का वडाध्क्ष देवीजंग गुरुङका अनुसार काठमाडौंको चन्द्रागिरीमा केबुलकार संचालनमा ल्याइसकेको चन्द्रगिरी समूहले नै कास्कीको मादीमा केबुलकार संचालनमा ल्याउन लागेको हो ।


  • ढोरपाटन संवाददाता
  • साउन १४ २०७९, शनिबार

पोखरा, १५ साउन– कास्कीको मादी गाउँपालिकाको सिक्लेसदेखि कोरीसम्म केबुलकार बन्ने पक्का भएको छ । निर्माणको स्वीकृति पाएसँगै केबुलकार निर्माणको लागि शनिबार स्थानीयहरुबीच पहिलो वातावरणीय मूल्याङ्कन(ईआईए) सहितको सार्वजनिक सुनुवाइ सम्पन्न गरिएको छ ।
मादी १ का वडाध्क्ष देवीजंग गुरुङका अनुसार काठमाडौंको चन्द्रागिरीमा केबुलकार संचालनमा ल्याइसकेको चन्द्रगिरी समूहले नै कास्कीको मादीमा केबुलकार संचालनमा ल्याउन लागेको हो । सार्वजनिक सुनुवाइ कार्यक्रममा संचालक चन्द्रप्रसाद ढकालले करिब ४ अर्बको लागतमा केबुलकार निर्माण गरिने जानकारी दिएको वडाध्यक्ष गुरुङले बताए । केबुलकार ६.४ किलोमिटरको हुनेछ । सिक्लेसको प्वरयुमदेखि कोरिसम्म ३ वटा स्टेसन ( प्वरयुम, तसल्ही र कोरी ) सम्म ३ वटा स्टेसन रहने छ ।
सो समूहले यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरुलाई हेलिकोप्टरमार्फत् प्रस्तावित निर्माण क्षेत्रको भ्रमण गराएको थियो । २०७५ सालको मंसिरमा सिक्लेसमा निर्माण भएको शान्ति स्मारक उद्घाटन गर्ने उपक्रममा प्रचण्डले प्रस्तावित निर्माण क्षेत्रको भ्रमण गरेका हुन् । त्यसको लगत्तै मादी गाउँपालिकाले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममा केबुलकार निर्माणलाई पालिकाको गौरवको आयोजनाका रुपमा घोषणा गरेको थियो । केबुलकारको पहिलो स्टेसन ५ सय मिटर उचाइमा हुनेछ भने अन्तिम स्टेसन अर्थात् कोरीसम्म पुग्दा त्यसको उचाइ ३ हजार ८ सय मिटर रहनेछ । सिक्लेस–कोरी केबुलकारअन्तर्गत समुद्री सतहबाट लगभग दुई हजार पाँच सय मिटरको उचाइमा १२० बेड क्षमताको रिसोर्ट निर्माण गरिने कम्पनीको घोषणा छ । केबुलकारको १५ प्रतिशत सेयर स्थानीय बासिन्दालाई वितरण गरिने निर्माण कम्पनीले जनाएको छ । कोरीमा वर्षको ८ महिना हिउँ रहन्छ । खासमा सिक्लेसबाट कोरी पुग्नै एक दिन लाग्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->