बागलुङ – जिल्लाको काठेखोला गाउँपालिका–७ रेश स्थित जनकल्याण आधारभूत विद्यालयमा ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम सुरु गरिएको छ ।
एक शिक्षक एक ल्यापट वितरणपछि बोल्दै काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले शिक्षक शिक्षिकाहरुले ल्यापटपको सही सदुपयोग गर्दै अध्यापन सामाग्री ल्यापटपकै माध्यमबाट तयार पार्नुपर्ने वताए ।
कार्यक्रममा पूर्व वडा सदस्य मुक्तिराम थापा, जनप्रतिनिधि ढक बहादुर थापा, शिक्षिका टिका थापा लगायतले मन्तव्य राख्दै प्रविधिको प्रयोग गरी विद्यार्थीलाई शिक्षा दिने अवसर आएको वताए ।
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगतको ६ लाख ५० हजार रुपैयाँ र काठेखोला गाउँपालिकाको आईसिटी कार्यक्रम अन्तरगतको ६ लाख ५० हजार गरी १३ लाख रुपैयाँ लागतमा १३ शिक्षकहरुलाई एक÷एक थान ल्यापटप र विद्यालयका लागि आवश्यक दुई थान प्रोजेक्टर र दुई थान प्रिन्टर खरिद गरिएको विद्यालयका प्रधानध्यापक थम्मन जिसीले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत शिक्षक लक्ष्मण थापाले र सञ्चालन शिक्षक विष्णु गौतमले गरेका थिए ।





