मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कृषि एम्बुलेन्स चलाउँदै पोखरा महानगर

कृषि एम्बुलेन्स चलाउँदै पोखरा महानगर


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०७९, शनिबार

पोखरा/ पोखरा महानगरपालिकाले चिस्यान सुविधासहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । महानगरले फलफूल तरकारी मूल्य शृखला विकास आयोजनासँगको साझेदारीमा कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको हो । सम्झौतामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।

कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको संकलन केन्द्रमार्फत् निःशुल्क ढुवानी गर्नेछ भने, उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ । ग्रामीण क्षेत्रका किसानहरूले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रम अनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार कृषि एम्बुलेन्स मार्फत कृषकहरूलाई आवश्यक पर्ने बीउ वितरण गर्न सहज हुनेछ ।कृषि एम्बुलेन्सको सञ्चालनले कृषि उपजमा हुने क्षतिको न्यूनीकरण, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित कृषि उपज ढुवानी, समयमा ढुवानी तथा बजारीकरणको अभावका कारण तरकारी बिग्रेर हुने फोहोरमा कमी, तरकारीमा हुने चरम बिचौलियापनको अन्त्य गर्न सघाउने महानगरपालिकाको कृषि विकास महाशाखाका प्रमुख मनोहर कडोरियाले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->